Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाबाट पेस्तोल र लागूऔषध सहित ४ जना पक्राउ

IMG-20240119-WA0003-1705670159.jpg

५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, उक्त पेस्तोलमा लाग्ने एक थान गोली र विभिन्न परिणामको लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टबाट बाजुरा जिल्लाको हिमाली नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय देवबहादुर थापा र नवलपरासी पुर्वी सुस्ताको कावासोती नगरपालिका ५ बस्ने ५७ वर्षका वीरबहादुर थापा मगरलाई पक्राउ गरेको हो ।
मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरुलाई हेटौँडाबाट काकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २५३७ नम्बरको बस जाँच गर्ने क्रममा बसको ३ र ४ नम्बरको सिटबाट उनीहरुलाई पक्राउ गरेको हो । 
प्रवक्ता लक्ष्मी भण्डारीले उनीहरु बसेको सिटमुनी राखेको झोलाबाट एकथान पेस्तोल, एक थान गोली र दुईवटा प्लास्टिकको झोलामा सेतो रंगको पाउडर जस्तो देखिने धुलो पदार्थ अन्दाजी २ किलो ७०० ग्राम वरामद गरिएको जानकारी दिए ।
यस्तै प्रहरीले शुक्रबार नै विभिन्न परिमाणको अवैध लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१–००१ ख ५८६८ नम्बरको ईलेक्ट्रोनिक गाडीबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले तनहुँको व्यास नगरपालिका ६ का ३२ वर्षीय बमबहादुर बि.कले दुवै खुट्टाको घुँडा मुनि र तिघ्रामा टेपले बेरेर ल्याएको अवस्थामा डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नुफिन २५ एम्पुल फेला  पारेको हो । 
यसैगरी सोही गाडीमा आएका नवलपरासीको देवचुली नगरपालिका ७ का ३० वर्षीय अर्जुन विकलाई पनि प्रहरीले पक्रेको छ । उनले कम्मरको भागमा लुकाएर ल्याएको अवस्थाको लागूऔषध डाईजेपा ६ एम्पुल, फेनारगन ६ एम्पुल, नुफिन ६ एम्पुल फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
पेस्तोल र लागूऔषधसहित पक्राउ परेका चारैजनालाई थप अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
 

IMG-20240119-WA0002-1705670177.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार