५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, उक्त पेस्तोलमा लाग्ने एक थान गोली र विभिन्न परिणामको लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टबाट बाजुरा जिल्लाको हिमाली नगरपालिका वडा नम्बर १ का ३१ वर्षीय देवबहादुर थापा र नवलपरासी पुर्वी सुस्ताको कावासोती नगरपालिका ५ बस्ने ५७ वर्षका वीरबहादुर थापा मगरलाई पक्राउ गरेको हो ।
मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरुलाई हेटौँडाबाट काकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २५३७ नम्बरको बस जाँच गर्ने क्रममा बसको ३ र ४ नम्बरको सिटबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रवक्ता लक्ष्मी भण्डारीले उनीहरु बसेको सिटमुनी राखेको झोलाबाट एकथान पेस्तोल, एक थान गोली र दुईवटा प्लास्टिकको झोलामा सेतो रंगको पाउडर जस्तो देखिने धुलो पदार्थ अन्दाजी २ किलो ७०० ग्राम वरामद गरिएको जानकारी दिए ।
यस्तै प्रहरीले शुक्रबार नै विभिन्न परिमाणको अवैध लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१–००१ ख ५८६८ नम्बरको ईलेक्ट्रोनिक गाडीबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले तनहुँको व्यास नगरपालिका ६ का ३२ वर्षीय बमबहादुर बि.कले दुवै खुट्टाको घुँडा मुनि र तिघ्रामा टेपले बेरेर ल्याएको अवस्थामा डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नुफिन २५ एम्पुल फेला पारेको हो ।
यसैगरी सोही गाडीमा आएका नवलपरासीको देवचुली नगरपालिका ७ का ३० वर्षीय अर्जुन विकलाई पनि प्रहरीले पक्रेको छ । उनले कम्मरको भागमा लुकाएर ल्याएको अवस्थाको लागूऔषध डाईजेपा ६ एम्पुल, फेनारगन ६ एम्पुल, नुफिन ६ एम्पुल फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पेस्तोल र लागूऔषधसहित पक्राउ परेका चारैजनालाई थप अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















