Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप माघ १६ देखि

Capture-1705715458.JPG

६ माघ, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको छैठौं संस्करण यहि माघ १६ देखि २७ गतेसम्म हुने भएको छ । 
आयोजकले प्रतियोगिताको तयारीको बारेमा शुक्रबार जानकारी दिँदै यसबर्ष प्रतियोगितामा १२ टिमको सहभागीता रहने जनाएको छ । आयोजक फुटबल संघ मकवानपुर अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले प्रतियोगिता हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको गौरिटार रंगशालामा हुने जानकारी दिए । 
अध्यक्ष लामाले यस वर्षको गोल्डकपमा पारो एफसी भुटान, ए डिभिजन क्लवहरु चर्चब्वाइज युनाइटेड, संकटा क्लवको सहभागीता रहने जानकारी दिए ।
यस्तै प्रतियोगितामा हिमालयन शेर्पा क्लव, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लव, मच्छिन्द्र क्लव, मनाङ मस्र्याङ्दी क्लव, थ्रीस्टार क्लव, बागमती युवा क्लव सर्लाही, राजारानी क्लव धनकुटा र एन्फा मकवानपुरको सहभागिता रहने अध्यक्ष लामाले बताए ।
मकवानपुरको डाँफे युवा क्लवले व्यवस्थापकीय जिम्मेवारी लएको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने हरेक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी हरेक बर्ष झै यसबर्ष पनि प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलेलाई बुलेट मोटरसाइकल प्रदान गरिने अध्यक्ष लामाले जानकार दिए । प्रतियोगिता सञ्चालनको लागि एक करोड ६० लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान गरेको छ । प्रतियोगितामा मकवानपुर जिल्लाका १० स्थानीय तहहरुले आर्थिक सहयाग गर्ने पनि अध्यक्ष लामाले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

थप समाचार