Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यु-१९ विश्वकप क्रिकेट: नेपाल सुपर सिक्समा प्रवेश

Screenshot_20240126_20444-1706281194.jpg

१२ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपाली यूवा टोली सुपर सिक्समा प्रवेश गरेको छ। 
अफगानिस्तान विरुद्धको निर्णायक खेलमा ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्द चम्किदा नेपालले संघर्षपूर्ण रुपमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान बनायो। जितसँगै समूह ‘डी’ बाट पाकिस्तान, न्युजिल्यान्ड र नेपालले सुपर सिक्समा स्थान बनाउँदा अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो।
दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य नेपालले ४४.३ ओभरमा  ९ विकेट गुमाएर पुरा गर्‍यो।
नेपालको जितमा कप्तान देव खनालले ५८ रनको सानदार इनिङ खेले। जारी विश्वकपमा पहिलो अर्धशतक प्रहार गर्ने क्रममा खनालले ८९ बलमा ७ चौका प्रहार गरेका थिए। त्यस्तै दिपक बोहरा २७ रनमा आउट भए। त्यस्तै आकाश त्रिपाठीले १६ रन बनाए भने ओपनर अर्जुन कुमालको नाममा १० रन रह्यो। अफगानिस्तानका लागि नसिर खान मारोफखिल र खालिल अहमेदले २-२ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान १ सय ४५ रनमा समेटिएको थियो। सुरुवतामा पूर्ण रुपमा हावी भएको नेपाल विरुद्ध पछिल्लो क्रम समालिंदा कमजोर स्कोरबाट अफगानिस्तानले तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। ४३ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले सातौं विकेटका लागि  ४२ रनको साझेदारी गर्‍यो। उसका लागि महत्वपूर्ण साझेदारी भने नवौं विकेटका लागि भयो। नवौं विकेटका लागि कप्तान नसिर खान र फरिदोन दावदजाइले ५५ रनको साझेदारी गर्दै टिमको कमजोर स्कोरलाई समालेका थिए।
अफगानिस्ताका लागि कप्तान नसिर ३१ रनमा आउट हुँदा एएम घजनफारले ३७ रन बनाए। त्यस्तै फरिदोन दावदजाइले २९ रन बनाए। नेपालका लागि आकाश चन्दले ५ विकेट लिंदा दिपेश कँडेलले २ विकेट लिए। त्यस्तै गुल्सन झा, शुभाष भण्डारी र तिलक भण्डारीले समान १-१ विकेट लिएका थिए । (देशसञ्चारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार