Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यु-१९ विश्वकप क्रिकेट: नेपाल सुपर सिक्समा प्रवेश

Screenshot_20240126_20444-1706281194.jpg

१२ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपाली यूवा टोली सुपर सिक्समा प्रवेश गरेको छ। 
अफगानिस्तान विरुद्धको निर्णायक खेलमा ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्द चम्किदा नेपालले संघर्षपूर्ण रुपमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान बनायो। जितसँगै समूह ‘डी’ बाट पाकिस्तान, न्युजिल्यान्ड र नेपालले सुपर सिक्समा स्थान बनाउँदा अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो।
दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य नेपालले ४४.३ ओभरमा  ९ विकेट गुमाएर पुरा गर्‍यो।
नेपालको जितमा कप्तान देव खनालले ५८ रनको सानदार इनिङ खेले। जारी विश्वकपमा पहिलो अर्धशतक प्रहार गर्ने क्रममा खनालले ८९ बलमा ७ चौका प्रहार गरेका थिए। त्यस्तै दिपक बोहरा २७ रनमा आउट भए। त्यस्तै आकाश त्रिपाठीले १६ रन बनाए भने ओपनर अर्जुन कुमालको नाममा १० रन रह्यो। अफगानिस्तानका लागि नसिर खान मारोफखिल र खालिल अहमेदले २-२ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तान १ सय ४५ रनमा समेटिएको थियो। सुरुवतामा पूर्ण रुपमा हावी भएको नेपाल विरुद्ध पछिल्लो क्रम समालिंदा कमजोर स्कोरबाट अफगानिस्तानले तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। ४३ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले सातौं विकेटका लागि  ४२ रनको साझेदारी गर्‍यो। उसका लागि महत्वपूर्ण साझेदारी भने नवौं विकेटका लागि भयो। नवौं विकेटका लागि कप्तान नसिर खान र फरिदोन दावदजाइले ५५ रनको साझेदारी गर्दै टिमको कमजोर स्कोरलाई समालेका थिए।
अफगानिस्ताका लागि कप्तान नसिर ३१ रनमा आउट हुँदा एएम घजनफारले ३७ रन बनाए। त्यस्तै फरिदोन दावदजाइले २९ रन बनाए। नेपालका लागि आकाश चन्दले ५ विकेट लिंदा दिपेश कँडेलले २ विकेट लिए। त्यस्तै गुल्सन झा, शुभाष भण्डारी र तिलक भण्डारीले समान १-१ विकेट लिएका थिए । (देशसञ्चारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार