Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

देशभर चिसो अझै बढ्ने, सचेत रहन आग्रह

Capture-1706403597.JPG

१४ माघ, हेटौंडा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले अझै केही दिन जाडो बढ्ने जनाएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो । 
महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । 
काठमाडौँको तापक्रम बिहीबार र शुक्रबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रममा स्थिर रहेकोमा शनिबार घटेर २.५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो ।
गत वर्षको तुलनामा यो वर्ष यस अङ्कमा न्यूनतम तापक्रम पुग्न २० दिन ढिलो भएको छ । गत वर्ष जनवरी ७ तारिखमा न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यो विश्लेषणले पनि गत वर्षभन्दा यस वर्षको जाडो २० दिन पछाडि धकेलिएको देखाउँछ । 
फागुन १५ सम्मको समय हिउँदयामको मानिन्छ तर यस वर्ष जाडो धकेलिएर फागुनभर पनि चिसो हुने सम्भावना बढेको छ । वर्षा भएको खण्डमा त्यो चिसो अझ पर पूर्वमनसुनको समयसम्म धकेलिन सक्ने महाशाखाले अनुमान गरेको छ । 
अहिलेसम्म वर्षा हुने राम्रो प्रणाली नदेखिएको र भएको प्रणाली पनि आकाशको धेरैमाथि रहेको मौसमविद् झाले बताउनुभयो । हिमाली भेगको चिसो माइनसबाट तलतिर झर्ने क्रम जारी रहेको महाशाखाले जानकारी दिएको छ । जस अनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५.३ डिग्री सेल्सियसभन्दा तल पुग्दै छ । 
त्यस्तै जोमसोममा माइनस ५.५ डिग्री पुगेको छ । नौ हजार मिटरमाथिको उच्च हिमाली भेगको पश्चिमी हिमाली भेगमा न्यूनतम तापक्रम माइनस ४१ डिग्री पुगेको छ । त्यस्तै मध्य क्षेत्रको उच्च हिमाली भेगमा माइनस ४३ डिग्री र पूर्वी क्षेत्रको उच्च हिमाली भेगमा माइनस ४५ डिग्रीमा झरेको छ । 
उच्च हिमाली भेगमा हिउँ धेरै नपरे पनि चिसो बढेको छ, जसको प्रभाव तराईमा उच्च शीतलहर बनेर ओइरिएको छ । जसका कारण वायुमण्डलको पारदर्शितामा न्यूनता आउँदा हवाई उडान प्रभावित भएको छ । तराईका धेरै जिल्लामा केही दिनयता शून्य पारदर्शिता रेकर्ड भएको छ । मौसमविद् झाका अनुसार पारदर्शिता वायुमण्डलमा एक सय मिटरभन्दा तल झरेपछि त्यो शून्य पारदर्शितामा गनिन्छ । 
लुम्बिनी, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा शून्य पारदर्शिता रेकर्ड भएको हो । यो भनेको मानिसको आँखाले पनि धेरै परसम्म धान्न नसक्ने पारदर्शिता हो । शीतलहर सिमसिमे वर्षा भए जस्तैको अवस्थामा रहेकाले ठिहि¥याउने चिसोको मारमा तराईका बासिन्दा परेका छन । 
भैरहवा र सिमराको पारदर्शिता शनिबार दिउँसो केही सुधार भएको देखिएको छ तर रात पर्दै जाँदा फेरि त्यो मेटिने गरेको छ । नेपालगन्ज, धनगढी, विराटनगरलगायत अन्यत्रको पारदर्शितामा सुधार आउन सकेको छैन । पश्चिम, मध्य र पूर्वी तराईमा शीतलहर चलेकाले जनजीवन सहज बनाउन आवश्यक पहल गर्न सुझाव दिइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार