Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुर गोल्डकपः शेर्पालाई हराउँदै एनआरटी एनआरटी क्वार्टरफाइनलमा

dfdf-1706751507.jpg

१८ माघ, हेटौँडा । हिमालयन शेर्पालाई ३–० ले हराउँदै न्यूरोड टिम (एनआरटी) हेटौँडाको गौरिटार रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 
बुधबार भएको खेलमा साविक उपविजेता समेत रहेको शेर्पालाई निराश बनाउँदै एनआरटीले क्वार्टरफाइनलमा स्थान बनाएको हो । सुरुवाती समय निकै राम्रो खेल प्रस्तुत गरेको शेर्पाले २९ औं मिनेटमा गोल व्यहोरेको थियो । जोन ग्लोरीले निकालिदिएको पासलाई सदुपयोग गर्दै सरोज तामाङले गोल गरेका हुन् । 
पहिलो हाफ एक गोलले अघि रहेको एनआरटीले दोस्रो हाफमा दुई गोल थपेको थियो । ५७ औं एनआरटीका रोहन खड्कीले अग्रता दोब्बर पारे । उनले शेर्पाका दुई डिफेण्डरलाई छक्याउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो । 
८६ औं मिनेटमा एनआरटीले अर्को गोल थप्यो । मोहित गुरुङको क्रसलाई सुमित श्रेष्ठले गोलमा परिणत गरेका हुन् । सुरुवाती करिब आधा घण्टा शेर्पाले राम्रो खेल खेल्दै केही अवसर समेत सृजना गरेको थियो । २२ औं मिनेटमा शेर्पाका नेपोलियनले वान भर्सेस वान प्रहारलाई गोल गर्न सकेनन् । 
एनआरटीका खेलाडीले अफसाइड भनेर छोडेको अनसाइड नै रहेको बललाई उनले गोल गर्ने प्रयास गरेपनि गोलरक्षक प्रिसोले बचाएका थिए । त्यसको तीन मिनेट पछि नेपोलियनकै सशक्त प्रहारलाई प्रिसोले मुस्किलले बचाए । 
दोस्रो हाफमा भने एनआरटी हावी भएको थियो । खेलको म्यान अफ द म्याच एनआरटीका सरोज तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । हिमायन शेर्पा क्लवका प्रशिक्षक शिव लामाले तयारी नपुगेको र टिम सेटअप हुन नसकेकोले हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए । 
यता एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आफ्ना खेलाडीले उत्कृष्ट खेल्दै राम्रो नतिजा निकालेको बताए । जारी प्रतियोगितामा बिहीबार मच्छिन्द्र फुटबल क्लव र सशस्त्र प्रहरीको एपिएफबीच खेल हुनेछ । १२ टोलीको सहभागिता रहेको प्रतियोगिता २७ गतेसम्म सञ्चालन हुनेछ । 
गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले दशलाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार