१८ माघ, हेटौँडा । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।
बुधबार एक कार्यक्रमकाबीच असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिको सहयोगमा हेटौंडा क्याम्पसलाई ३० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड हस्तान्तरण गरिएको हो । ९० प्रतिशत छात्रा अध्ययनरत हेटौंडा क्याम्पसमा विद्यार्थीको सहजताको लागि सेनेटरी प्याड हस्तान्तरण गरिएको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।
हेटौंडा क्याम्पसका अध्यक्ष समेत रहेका रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पस प्रमुख देवीराम लामाको प्रमुख आतिथ्यता रहेको थियो । अधिकांश छात्रा अध्ययनरत क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गर्न पाउँदा खुसी लागेको पराजुलीले बताए ।
सामुदायिक रेडियोको धर्म निर्वाह गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा पनि सहयोग अभियानलाई जारी राख्ने बताए । अध्यक्ष पराजुलीले सहयोगी संस्था असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे ।
क्याम्पस प्रमुख लामाले सहयोगलाई सदुपयोग गर्दै छात्राहरुको सहजतामा प्रयोग हुने बताए । कार्यक्रममा असल हाइजिन प्रोडक्ट्स प्रालिका सन्चालक वासुदेव तिमल्सिना, हेटौंडा क्याम्पस प्राध्यापक संघ अध्यक्ष भुपेन्द्र कोइराला, स्ववियु सदस्य गणेश तिमल्सिना लगायतले हेटौंडा क्याम्पसमा सहयोग गरेकोमा आभार व्यक्त गरे ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख बालकृष्ण शर्मा र रामु कंडेल, प्राध्यापक मनोज पोखरेल, हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, दिव्यतारा सहकारीका सह–व्यवस्थापक ईश्वरी शिल्पाकार, स्ववियु सभापति अभी मैनाली लगायतको आतिथ्यता थियो ।
वार्षिकोत्सव अन्तर्गत १८ गते ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग, १९ र २० गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिता, २० गते मनहरी गाउँपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर, २१ गते बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला र २२ गते समापन कार्यक्रम हुनेछ ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







