१८ माघ, हेटौँडा । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।
बुधबार एक कार्यक्रमकाबीच असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिको सहयोगमा हेटौंडा क्याम्पसलाई ३० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड हस्तान्तरण गरिएको हो । ९० प्रतिशत छात्रा अध्ययनरत हेटौंडा क्याम्पसमा विद्यार्थीको सहजताको लागि सेनेटरी प्याड हस्तान्तरण गरिएको रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।
हेटौंडा क्याम्पसका अध्यक्ष समेत रहेका रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा क्याम्पस प्रमुख देवीराम लामाको प्रमुख आतिथ्यता रहेको थियो । अधिकांश छात्रा अध्ययनरत क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गर्न पाउँदा खुसी लागेको पराजुलीले बताए ।
सामुदायिक रेडियोको धर्म निर्वाह गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा पनि सहयोग अभियानलाई जारी राख्ने बताए । अध्यक्ष पराजुलीले सहयोगी संस्था असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरे ।
क्याम्पस प्रमुख लामाले सहयोगलाई सदुपयोग गर्दै छात्राहरुको सहजतामा प्रयोग हुने बताए । कार्यक्रममा असल हाइजिन प्रोडक्ट्स प्रालिका सन्चालक वासुदेव तिमल्सिना, हेटौंडा क्याम्पस प्राध्यापक संघ अध्यक्ष भुपेन्द्र कोइराला, स्ववियु सदस्य गणेश तिमल्सिना लगायतले हेटौंडा क्याम्पसमा सहयोग गरेकोमा आभार व्यक्त गरे ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख बालकृष्ण शर्मा र रामु कंडेल, प्राध्यापक मनोज पोखरेल, हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, दिव्यतारा सहकारीका सह–व्यवस्थापक ईश्वरी शिल्पाकार, स्ववियु सभापति अभी मैनाली लगायतको आतिथ्यता थियो ।
वार्षिकोत्सव अन्तर्गत १८ गते ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग, १९ र २० गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिता, २० गते मनहरी गाउँपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर, २१ गते बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला र २२ गते समापन कार्यक्रम हुनेछ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















