१९ माघ, हेटौंडा । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरमा बिहीबार बायोमेडिकल वर्कसपको उद्घाटन गरिएको छ । बायोमेडिकलको प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका हुन् ।
वर्कशपको स्थापनासँगै प्रदेशका अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरुको मर्मत गर्न सहज हुने भएको छ । वर्कसपको स्थापनाले स्वास्थ्य उपकरणको अभाव पूर्ति र व्यवस्थापन गर्न सहज हुने मन्त्री जोशीको दावी छ ।
उनले स्वास्थ्य संस्थाहरुमा उपकरण बिग्रिदा बनाउने स्थानको अभाव र तत्काल नयाँ व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले उपचार गर्न नपाएको गुनासो हट्ने बताए ।
निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा स्थापना गरिएको वर्कसपमा हाल एकजना बायोमेडिकल इन्जिनियर र एकजना इलेक्ट्रिकल टेक्निसियन राखेर कामको सुरुवात गरिएको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।
स्वास्थ्य संस्थामा सञ्चालनमा आउन नसकेका उपकरणको मर्मतका लागि थप दुईजना बायोमेडिकल टेक्निसियन आवश्यक रहेको उनको भनाइ छ । स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र बागमती प्रदेशको करिब एक करोड रुपैयाँ लागतमा प्रदेश बायोमेडिकल वर्कसप स्थापना गरिएको हो ।
सोही अवसरमा निक साइमन इन्स्टिच्युटले वर्कसप सञ्चालनका लागि आवश्यक ७१ लाख रुपैयाँबराबरको क्यालिब्रेसन टुल्स सहयोग हस्तान्तरण पनि गरेको छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















