Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा बायोमेडिकल वर्कसपको स्थापना

photo-1706834427.jpg

१९ माघ, हेटौंडा । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरमा बिहीबार बायोमेडिकल वर्कसपको उद्घाटन गरिएको छ । बायोमेडिकलको प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका हुन् । 
वर्कशपको स्थापनासँगै प्रदेशका अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरुको मर्मत गर्न सहज हुने भएको छ । वर्कसपको स्थापनाले स्वास्थ्य उपकरणको अभाव पूर्ति र व्यवस्थापन गर्न सहज हुने मन्त्री जोशीको दावी छ । 
उनले स्वास्थ्य संस्थाहरुमा उपकरण बिग्रिदा बनाउने स्थानको अभाव र तत्काल नयाँ व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले उपचार गर्न नपाएको गुनासो हट्ने बताए । 
निक साइमन्स इन्स्टिच्युटको सहकार्यमा स्थापना गरिएको वर्कसपमा हाल एकजना बायोमेडिकल इन्जिनियर र एकजना इलेक्ट्रिकल टेक्निसियन राखेर कामको सुरुवात गरिएको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । 
स्वास्थ्य संस्थामा सञ्चालनमा आउन नसकेका उपकरणको मर्मतका लागि थप दुईजना बायोमेडिकल टेक्निसियन आवश्यक रहेको उनको भनाइ छ । स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र बागमती प्रदेशको करिब एक करोड रुपैयाँ लागतमा प्रदेश बायोमेडिकल वर्कसप स्थापना गरिएको हो । 
सोही अवसरमा निक साइमन इन्स्टिच्युटले वर्कसप सञ्चालनका लागि आवश्यक ७१ लाख रुपैयाँबराबरको क्यालिब्रेसन टुल्स सहयोग हस्तान्तरण पनि गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार