Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सामेल गर्न युनेस्कोमा मनोनयन पेश

manonyan_kpD5pKs4P4_iD8OS-1706852514.jpg

१९ माघ, काठमाडौं । गौतम बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सामेल गर्न नेपाल सरकारले युनेस्कोमा मनोनयन पेश गरेको छ । तिलौराकोटको उत्खननबाट भेटिएका पुरातात्विक प्रमाणहरूका आधारमा युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न पेश गरिएको हो।
युनेस्कोको विश्व सम्पदा केन्द्र रहेको फ्रान्सस्थित नेपाली राजदूत सुधीर प्रसाद भट्टराईले युनेस्कोका वर्ल्ड हेरिटेज सेन्टरका निर्देशक लाजारे इलोन्डोलाई उक्त मनोनयन पत्र पेश गरेका छन् । भट्टराई युनेस्कोमा नेपालका लागि स्थायी प्रतिनिधि पनि हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ढ्यन मन्त्रालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषलगायतले तिलौराकोटको उत्खनन गरेका थिए । त्यसै उत्खननबाट प्राप्त पुरातात्विक प्रमाणले शुद्धोधनको राजदरबार तिलौराकोट नै रहेको पुष्टि भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार