१९ माघ, हेटौडा । हेटौडा–१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय, राप्तीका प्रमुख लोकराज नेपालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष हरिशरण पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन र चालु आव.०८०/०८१ को लागि ३१ लाख ४६ हजारको अनुमानित आयव्यय विवरण, सचिव कुसुम पौडेलले प्रगति प्रतिवेदन र कार्यसमिति सदस्य लोकेन्द्र कार्कीले आव. ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा समूहका विपन्न बर्गका उपभोक्ताहरुलाई छात्रवृति वितरण गरिनुका साथै उत्कृष्ट उपभोक्तालाई पुरस्कृत गरिएको थियो । समूहले विपन्न बर्गका विद्यार्थीमा कविता तामाङ, कुमार अर्याल, विष्णु बहादुर खडका र उत्कृष्ठ उपभोक्तामा मिठु अर्यालालाई नगद पुरस्कार प्रदान गरेको थियो ।
साधारणसभामा हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी, सव डिभिजन वन कार्यालय, बसामाडीका रेन्जर ज्ञान कुमार रिमाल, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, समूहका सल्लाहकार राम प्रसाद पौडेल, प्रकाश थोकर, जनहित सामुदायिक वनका अध्यक्ष विक्रम पण्डित, कालिका हरियाली सामुदायिक वनकी अध्यक्ष गान्धी घलान, नेपाल रेडक्रस सोसाईटी बस्तीपुरका सभापति राजु घले, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















