२० माघ, हेटौंडा । नेपला पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै धनकुट्टाको राजारानी फुटबल क्लब हेटौँडामा जारी छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफमा दुई गोल गर्दै राजारानीले पुलिसलाई निराश बनाएको हो । राजारानीको जितमा विदेशी खेलाडी अजायी मार्टिन्स र सशिल लामाले गोल गरेका हुन् ।
खेलको ५३ औं मिनेटमा मार्टिन्सले हेडमार्फत गोल गर्दै राजारानीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ६४ मिनेटमा सुशिल लामाले गोल गरेपछि राजारानीको जित सुनिश्चित बन्यो । खेलको म्यान अफ द म्याच पहिलो गोलकर्ता मार्टिन्स घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
पुलिस क्लवका प्रशिक्षक चेतन घिमिरेले नयाँ युवा खेलाडीलाई समेटेर टिम बनाउँदा सेटिङ मिल्न नसक्दा पराजय भोग्नु परेको दावी गरे । उनले नियमित खेलाडीहरु बाहिर रहँदा तालमेलको अभाव देखिएको बताए ।
यस्तै राजारानी क्लवका प्रशिक्षक सविन अधिकारीले नेपाल पुलिससँगको जितले आफुहरु निकै खुशी भएको प्रतिक्रिया दिए । आफुहरुको जित्ने लक्ष्य पुरा भएको बताउँदै उनले आगामी दिनमा थप सुधारिएको खेल प्रश्तुत हुने बताए ।
१२ टोलीको सहभागिता रहेको प्रतियोगिता २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले दशलाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । जारी प्रतियोगितामा शनिबार न्यूरोड टिम एनआरटी र चर्च ब्वाइज क्लवको बीचमा हुनेछ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
-1706919628.jpg)









-nepal-1792111426.jpg)







