Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

इच्छाराज तामाङलाई तीन वर्ष कैद, १ अर्ब ७२ करोड जरिवाना

ichharaj-tamang-arrest_UU-1707055830.jpg

फाइल तस्बिर

२१ माघ, काठमाडौं । विशेष अदालतले पूर्व एमाले सांसद समेत रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेकोमा सजाय निर्धारण गरेको छ । विशेष अदालतले गत वर्ष भदौमा सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा माघ ७ गते गरेको फैसलामा आइतबार सजाय निर्धारण गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा सजाय निर्धारण भएको हो। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार तामाङलाई ३ वर्ष कैद १ अर्ब ७२ करोड ४४ लाख ६३ हजार जरिवाना भएको छ ।
त्यस्तै श्रीमती सिर्जना शाक्य तामाङलाई डेढ बर्ष कैद सजाय भएको छ। उनलाई १ अर्ब ३ करोड ५२ लाख ४३ हजार जरिवाना भएको छ । प्रतिवादी केशवलाल श्रेष्ठलाई डेढ बर्ष कैद र २५ करोड ६५ लाख ८६ हजार जरिवाना भएको छ।
प्रवक्ता कार्कीका अनुसार मिनाकुमारीलाई पनि दोषी ठहर गरेको छ। छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङसहित प्रतिवादी सबैको सम्पत्ति जफत भएको छ। सिभिल सहकारीका सञ्चालक तामाङविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी मुद्दा दायर भएको थियो।
श्रीमती सिर्जनालाई एक अर्ब तीन करोड ५ लाख, छोरी प्रतीक्षालाई ६ करोड २२ लाख, अर्की छोरी प्रतिष्ठालाई एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। त्यस्तै, सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई २६ करोड ६१ लाख तथा मिनाकुमारी श्रेष्ठलाई सम्पत्ति जफतको प्रयोजनले प्रतिवादी बनाइएको थियो।
सहकारी ठगी मुद्दा भने जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ । तामाङको नेतृत्वको सहकारीमा सर्वसाधरणको ६ अर्ब रुपैयाँ डुबेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार