फाइल तस्बिर
२१ माघ, काठमाडौं । विशेष अदालतले पूर्व एमाले सांसद समेत रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेकोमा सजाय निर्धारण गरेको छ । विशेष अदालतले गत वर्ष भदौमा सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा माघ ७ गते गरेको फैसलामा आइतबार सजाय निर्धारण गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा सजाय निर्धारण भएको हो। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार तामाङलाई ३ वर्ष कैद १ अर्ब ७२ करोड ४४ लाख ६३ हजार जरिवाना भएको छ ।
त्यस्तै श्रीमती सिर्जना शाक्य तामाङलाई डेढ बर्ष कैद सजाय भएको छ। उनलाई १ अर्ब ३ करोड ५२ लाख ४३ हजार जरिवाना भएको छ । प्रतिवादी केशवलाल श्रेष्ठलाई डेढ बर्ष कैद र २५ करोड ६५ लाख ८६ हजार जरिवाना भएको छ।
प्रवक्ता कार्कीका अनुसार मिनाकुमारीलाई पनि दोषी ठहर गरेको छ। छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङसहित प्रतिवादी सबैको सम्पत्ति जफत भएको छ। सिभिल सहकारीका सञ्चालक तामाङविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी मुद्दा दायर भएको थियो।
श्रीमती सिर्जनालाई एक अर्ब तीन करोड ५ लाख, छोरी प्रतीक्षालाई ६ करोड २२ लाख, अर्की छोरी प्रतिष्ठालाई एक करोड ८९ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको थियो। त्यस्तै, सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई २६ करोड ६१ लाख तथा मिनाकुमारी श्रेष्ठलाई सम्पत्ति जफतको प्रयोजनले प्रतिवादी बनाइएको थियो।
सहकारी ठगी मुद्दा भने जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ । तामाङको नेतृत्वको सहकारीमा सर्वसाधरणको ६ अर्ब रुपैयाँ डुबेको छ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















