Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुर गोल्डकपः आर्मी पहिलो खेलमै पराजित

Man-of-the-Match-Deep-Kar-1707178409.jpg

२३ माघ,  हेटौंडा । आहा रारा गोल्डकपको विजेता त्रिभुवन आर्मी फुटबल क्लव मकवानपुर गोल्डकपमा पहिलो खेलबाटै बाहिरिएको छ । धनकुटाको राजारानी फुटबल क्लवले आर्मीलाई सडनडेथमा स्तब्ध बनाएको हो ।
निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी निराश हुँदै खेलबाट बाहिरिएको छ । खेलको १० औं मिनेटमै आर्मीले रासबहादुर मगरको गोलमार्फत अग्रता लिएको थियो । 
सुरुवातीमै पछि परेको राजारानी ८४ औं मिनेटमा खेलमा फर्किएको थियो । मिडबाट प्राप्त बललाई अजायी मार्टिन्सले हेडमार्फत पोष्टको दिशा दिएका हुन् । 
दुबैतर्फबाट एक÷एकको बराबरीमा रोकिएपछि टाइब्रेकरमा राजारानीका विशाल घलान, रुपेश केसी, दीप कार्की, प्रवेश द्नुवार र उमेश कार्कीको प्रहार गोल भएको थियो । सुनिल खड्काको प्रहारलाई आर्मीका गोलरक्षक समित श्रेष्ठले रोक्दा अशोक खवासको प्रहार आकाशिएको थियो ।
यस्तै आर्मीबाट जितेन्द्र कार्की, कमल थापा, राशबहादुर मगर र बिमल पान्डेको प्रहार गोल हुँदा वसन्त जिम्बा र श्रीराम चौधरीको प्रहार बाहिरिएको थियो । सिद्धान्त चौधरीको प्रहारलाई राजारानीका गोलरक्षक कार्कीले रोकेका थिए । 
खेलको म्यान अफ द म्याच गोलरक्षक कार्की घोषित भए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा मंगलबार अन्तिम क्वार्टरफाइनल अन्तर्गत थ्रीस्टार र एपिएफको खेल हुनेछ । 
२७ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार