२२ माघ, हेटौंडा । हेटौँडाको पहिलो सामुदायीक रेडियो रेडियो मकवानपुर र संचालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा सोमबार दुईजनालाई समुदायीक सम्मान प्रदान गरेको छ ।
रेडियो र सहकारील स्थापना दिवसको अवसरमा मकवानपुर रिकभरिङ समूहका सन्चालक संदिप शाक्य र हेटौंडा १७ हटियाका धार्मिक अगुवा नारायण भट्टराईलाई सामाजिक सम्मान प्रदान गरेको हो ।
दुवैजना सम्मानित व्यक्तित्वहरुलाई नगद १० हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ । उनीहरुलाई कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र रेडियो संचालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले नगद सहित सम्मानपत्र पैदान गरेका हुन् ।
एक दशक भन्दा बढी समयसम्म लागूऔषध प्रयोग गरेका शाक्यले लागूऔषध दुव्र्यसन छोडेर रिकभरिङ समूह सन्चालन गर्दै आएका छन् । यस्तै भट्टराई ४ दशक बढी समयदेखी सनातन धर्मको संरक्षण सँगै नेपाल र भारतको विभिन्न स्थानमा आफ्नै अगुवाई एवं लगानीमा समेत मन्दिर र धर्मशाला निर्माण गर्दै आइरहेका छन् ।
सहकारी उत्पादनमुलक हुनुपर्छ ः डिना
उक्त अवसरमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री डिनाले सहकारीले वचत र ऋणसँगै अब उत्पादनमुलक काम गर्नुपर्नेमा जोड दिइन । उनलेसहकारी समयानुकूल सन्चालन हुनुपर्ने धारणा राख्दै पछिल्लो समय धेरै सहकारी घोटला र हिनामिनाका घटना आइरहेकोले शेयर सदस्य सचेत रहनुपर्ने सुझाव दिइन् ।
दिव्यतारा सहकारीका संस्थापक अध्यक्ष समेत रहेकी डिनाले धार्मिक अगुवा र लागूऔषध दुर्व्यसन विरुद्धको अभियान सन्चालन गरिरहेका व्यक्तिलाई सामुदायिक सम्मान प्रदान गरेकोमा प्रशंसा गरिन् । मकवानपुरको विकासका आफ्नो तर्फबाट गर्नुपर्ने समन्वय एवम् पहलका लागि सदैव तयार रहेको उनको भनाई थियो ।
दिव्यतारा सहकारीका अध्यक्ष डा. गणेश बल लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, रेडियो मकवानपुर सन्चालक समिति अध्यक्ष आनन्दराम पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंकसहित पास भएका शेयर सदस्यका छोराछोरीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवमा सहिद विषयमा साहित्यकार सँगको अन्तरक्रिया एवम् रचना वाचन, हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण, ओम बृद्धाश्रमलाई खाद्यान्न वितरण, रेडियो मकवानपुर मिडिया कप फुट्सल प्रतियोगिता, मनहरी ५ मा निशुल्क स्वास्थ्य शिविर र बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला आयोजना भएको थियो ।
वार्षिकोत्सव समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, हेटौंडा ६ नम्बर वडा अध्यक्ष बिष्णुबहादुर दाहाल, ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगोपाल कंडेल लगायतको आतिथ्यता थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















