Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

शाक्य र भट्टराईलाई रेडियो र सहकारीको सामुदायिक सम्मान

IMG20240205131235-1707179184.jpg

२२ माघ, हेटौंडा । हेटौँडाको पहिलो सामुदायीक रेडियो रेडियो मकवानपुर र संचालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा सोमबार दुईजनालाई समुदायीक सम्मान प्रदान गरेको छ  । 
रेडियो र सहकारील स्थापना दिवसको अवसरमा मकवानपुर रिकभरिङ समूहका सन्चालक संदिप शाक्य र हेटौंडा १७ हटियाका धार्मिक अगुवा नारायण भट्टराईलाई सामाजिक सम्मान प्रदान गरेको हो ।
दुवैजना सम्मानित व्यक्तित्वहरुलाई नगद १० हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ । उनीहरुलाई कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र रेडियो संचालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले नगद सहित सम्मानपत्र पैदान गरेका हुन् ।
एक दशक भन्दा बढी समयसम्म लागूऔषध प्रयोग गरेका शाक्यले लागूऔषध दुव्र्यसन छोडेर रिकभरिङ समूह सन्चालन गर्दै आएका छन् । यस्तै भट्टराई ४ दशक बढी समयदेखी सनातन धर्मको संरक्षण सँगै नेपाल र भारतको विभिन्न स्थानमा आफ्नै अगुवाई एवं लगानीमा समेत मन्दिर र धर्मशाला निर्माण गर्दै आइरहेका छन् । 
सहकारी उत्पादनमुलक हुनुपर्छ ः डिना 
उक्त अवसरमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री डिनाले सहकारीले वचत र ऋणसँगै अब उत्पादनमुलक काम गर्नुपर्नेमा जोड दिइन । उनलेसहकारी समयानुकूल सन्चालन हुनुपर्ने धारणा राख्दै पछिल्लो समय धेरै सहकारी घोटला र हिनामिनाका घटना आइरहेकोले शेयर सदस्य सचेत रहनुपर्ने सुझाव दिइन् । 
दिव्यतारा सहकारीका संस्थापक अध्यक्ष समेत रहेकी डिनाले धार्मिक अगुवा र लागूऔषध दुर्व्यसन विरुद्धको अभियान सन्चालन गरिरहेका व्यक्तिलाई सामुदायिक सम्मान प्रदान गरेकोमा प्रशंसा गरिन् । मकवानपुरको विकासका आफ्नो तर्फबाट गर्नुपर्ने समन्वय एवम् पहलका लागि सदैव तयार रहेको उनको भनाई थियो । 
दिव्यतारा सहकारीका अध्यक्ष डा. गणेश बल लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, रेडियो मकवानपुर सन्चालक समिति अध्यक्ष आनन्दराम पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अंकसहित पास भएका शेयर सदस्यका छोराछोरीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवमा सहिद विषयमा साहित्यकार सँगको अन्तरक्रिया एवम् रचना वाचन, हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण, ओम बृद्धाश्रमलाई खाद्यान्न वितरण, रेडियो मकवानपुर मिडिया कप फुट्सल प्रतियोगिता, मनहरी ५ मा निशुल्क स्वास्थ्य शिविर र  बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला आयोजना भएको थियो । 
वार्षिकोत्सव समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, हेटौंडा ६ नम्बर वडा अध्यक्ष बिष्णुबहादुर दाहाल, ७ नम्बर वडा अध्यक्ष दामोदर गौतम, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगोपाल कंडेल लगायतको आतिथ्यता थियो । 
 

IMG20240205131602-1707179185.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

थप समाचार