Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मकवानपुर गोल्डकपः एपिएफ सेमिफाइनलमा

df-1707266739.jpg

२४ माघ, हेटौंडा । थ्रीस्टार क्लवलाई ४–० ले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लव मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा जारी मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको एकपक्षीय खेलमा एपिएफले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको हो । 
आहा रारा गोल्डकपको उपविजेता थ्रीस्टारमाथि एपिएफले ४५ औं मिनेटमा एनिसेटको गोलमार्फत अग्रता लिएको थियो । थ्रीस्टारका डिफेण्डर जीवन गुरुङले प्रदीप लामालाई लडाएपछि प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै एनिसेटले गोल गरेका थिए । उनको प्रहार पोष्टमा लाग्दै गोलमा परिणत भएको थियो । 
४८ औं मिनेटमा एपिएफका अनिष महर्जनले अग्रता दोब्बर बनाए । दायाँबाट आएको क्रसलाई उनले हेडमार्फत गोल गरेका हुन् । ५८ औं मिनेटमा एपिएफले अर्को गोल थप्यो । प्रदीप लामाको प्रहार थ्रीस्टारका गोलरक्षक अभिषेक बरालको हातबाट फुत्किँदै गोलमा परिणत भएको हो । 
७७ मिनेटमा एपिएफका विदेशी खेलाडी सर्ज संगले चौथो तथा अन्तिम गोल गरे । फोडे फोफोनाले मैदानको करिब मध्य भागबाट लगेको बललाई उनले गोल गरेका हुन् । खेलमा थ्रीस्टारले खासै मुभ बनाउन सकेन । ७९ औं मिनेटमा थ्रीस्टारका दिपेश घलेले दुई डिफेण्डरलाई छलाउँदै गरेको प्रहारलाई एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले मुस्किलले जोगाए ।
 खेलको म्यान अफ द म्याच एपिएफका प्रदीप लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो रणनीति अनुसार नै खेलाडीहरुले खेल खेलेको प्रतिक्रिया दिए । यता थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले राम्रै खेल हुँदाहुँदै हार व्यहोर्नुपरेको बताए । यो संगै जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपको छैठौं संस्करणको सेमिफाइनल समिकरण पूरा भएको छ । 
बुधबारबाट सेमिफाइनल चरणको खेल हुनेछ । पहिलो सेमिफाइनल न्यूरोड टिम एनआरटी र राजारानी क्लव धनकुटाको बीचमा हुनेछ । २७ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार