Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यातायात क्षेत्रको विकासमा ध्यान दिनु जरुरी : उपराष्ट्रपति पुन

Nanda-Bahadur-Pun-1515569220.JPG

२६ पुस, हेटौँडा । नेपालका उपराष्ट्रपति  नन्दबहादुर पुनले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा सरकारले गम्भिरतापूर्वक ध्यान दिनु जरुरी रहेको बताएका छन् । उनले नेपालमा स्थल यातायातको विकल्प नभएको भन्दै यस क्षेत्रमा रहेको समस्या समाधानमा सरकार गम्भिर हुनुपर्ने बताए । 
हेटौँडामा बुधबारबाट शुरु भएको नारायणी यातायात ब्यवसायी संघको ३१ औँ वार्षिक साधरणसभा उद्घाटन गर्दै पुनले जिर्ण सडक, थोत्रा सवारी र सवारी चालकको लापरवाही कारण मानवीय क्षति बढ्नु दुखद भएको भन्दै पुनले यातायात क्षेत्रमा देखिएको यस्तो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । ५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने सडक ५ बर्ष भईसक्दा पनि पुर्ण नहुने समस्या रहेको भन्दै उपराष्ट्रपति पुनले समयमै काम सम्पन्न गर्न पनि निर्माण व्यवसायीलाई आग्रह गरे । 
नारायणी यातायात ब्यवसायी संघका अध्यक्ष बद्री चौँलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सांसद कृष्ण प्रसाद दाहाल, प्रदेश सांसदहरु प्रेमबहादुर पुलामी र ईन्द्रबहादुर बानियाँ, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निरशंकर श्रेष्ठ यातायात क्षेत्र सम्मानबाट प्रतिष्ठित व्यवसायी अजेयराज सुमार्गी, राधाकृष्ण गोर्खाली, तिर्थ बस्नेत र दिपेन्द्र रेग्मीलाई सम्मान गरिएको थियो । नारायणी यातायात पत्रकारिता पुरस्कारबाट मकवानपुरका सञ्चारकर्मीहरु गणेशदर्पण अधिकारी, कृष्ण सारु, होम कार्की र तिलक अधिकारी सम्मानित भएका छन् । 
फत्तेमान डंगोल स्मृति सम्मानबाट दिपक लामालाई सम्मान गरिएको थियो भने माधव अधिकारी उत्कृष्ट कर्मचारी पुरस्कारबाट प्रेरणा लुईटेल, शंकर थपलिया, विकास पौडेल, शुम्भु कमली, प्रदीप हुमागाई, शारदा भण्डारी, सुरेश महर्जन, रान्तबहादुर कोइराला, हरि दाहाल र निकेश भ्लोनलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा सवारी दुर्घटनामा मृत्यु भएका यातायात मजदुरका परिवारलाई संघले प्रदान गरेको थप ३ लाख रुपैँया अनुकुमारी कार्की खड्का र निर्मला मोक्तानलाई प्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार