Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यातायात क्षेत्रको विकासमा ध्यान दिनु जरुरी : उपराष्ट्रपति पुन

Nanda-Bahadur-Pun-1515569220.JPG

२६ पुस, हेटौँडा । नेपालका उपराष्ट्रपति  नन्दबहादुर पुनले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा सरकारले गम्भिरतापूर्वक ध्यान दिनु जरुरी रहेको बताएका छन् । उनले नेपालमा स्थल यातायातको विकल्प नभएको भन्दै यस क्षेत्रमा रहेको समस्या समाधानमा सरकार गम्भिर हुनुपर्ने बताए । 
हेटौँडामा बुधबारबाट शुरु भएको नारायणी यातायात ब्यवसायी संघको ३१ औँ वार्षिक साधरणसभा उद्घाटन गर्दै पुनले जिर्ण सडक, थोत्रा सवारी र सवारी चालकको लापरवाही कारण मानवीय क्षति बढ्नु दुखद भएको भन्दै पुनले यातायात क्षेत्रमा देखिएको यस्तो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । ५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने सडक ५ बर्ष भईसक्दा पनि पुर्ण नहुने समस्या रहेको भन्दै उपराष्ट्रपति पुनले समयमै काम सम्पन्न गर्न पनि निर्माण व्यवसायीलाई आग्रह गरे । 
नारायणी यातायात ब्यवसायी संघका अध्यक्ष बद्री चौँलागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सांसद कृष्ण प्रसाद दाहाल, प्रदेश सांसदहरु प्रेमबहादुर पुलामी र ईन्द्रबहादुर बानियाँ, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा निरशंकर श्रेष्ठ यातायात क्षेत्र सम्मानबाट प्रतिष्ठित व्यवसायी अजेयराज सुमार्गी, राधाकृष्ण गोर्खाली, तिर्थ बस्नेत र दिपेन्द्र रेग्मीलाई सम्मान गरिएको थियो । नारायणी यातायात पत्रकारिता पुरस्कारबाट मकवानपुरका सञ्चारकर्मीहरु गणेशदर्पण अधिकारी, कृष्ण सारु, होम कार्की र तिलक अधिकारी सम्मानित भएका छन् । 
फत्तेमान डंगोल स्मृति सम्मानबाट दिपक लामालाई सम्मान गरिएको थियो भने माधव अधिकारी उत्कृष्ट कर्मचारी पुरस्कारबाट प्रेरणा लुईटेल, शंकर थपलिया, विकास पौडेल, शुम्भु कमली, प्रदीप हुमागाई, शारदा भण्डारी, सुरेश महर्जन, रान्तबहादुर कोइराला, हरि दाहाल र निकेश भ्लोनलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा सवारी दुर्घटनामा मृत्यु भएका यातायात मजदुरका परिवारलाई संघले प्रदान गरेको थप ३ लाख रुपैँया अनुकुमारी कार्की खड्का र निर्मला मोक्तानलाई प्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार