Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यौनधन्दा गराउने होटल सञ्चालक पक्राउ

Sex-Racket-1515581189.jpg

File Photo

२६ पुस, काठमाडौं । वेटर र कुकको काम भन्दै युवतीलाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट एक होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजका सञ्चालक ३८ वर्षीय राजकुमार सिटौला पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। पक्राउ परेका सिटौलालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गराई कारवाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

घटनामा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ।  तीन युवतीलाई यसरी लगाए यौनधन्धामा  झापा घुम्न आएका १८ वर्षीय र दुई जना १७ वर्षीय युवती गत कात्तिकमा बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजमा कोठा लिएर बसेका थिए । सञ्चालक सिटौलाले काउन्टर, वेटरमा र कुकमा काम दिन्छु भनी काममा लगाए । कामकै सिलसिलमा उनीहरुलाई आर्थिक प्रलोभन देखाएर यौनधन्दामा लगाए । यौनधन्दामा लगाएपछि उनले होटलमा नराखेर अन्यत्रै कोठा खोजिदिएको नायब प्रहरी उपरीक्षक कोइरालाले बताए ।

प्रहरीले छापा मारेर पक्राउ गर्ने डरले सिटौलाले उनीहरुलाई होटलमा नराखी बिहान कोठाबाट ल्याउने र पुर्‍याउने गरेका थिए। एक महिलाको सहयोगमा आठराई पाँचथर होटलमा लगेर पनि दैनिक जसो यौनधन्दा गराउने गरेको प्रहरीको दाबी छ।

यसरी पक्राउ परे सिटौला

आर्थिक प्रलोभनमा पारेर युवतीहरूलाई यौनधन्दामा लगाएका होटल सञ्चालक सिटौलाले धन्दामा लगाए बापत उनीहरुलाई रकम दिएका थिएनन्।  पीडितमध्ये एक जना पुस २४ गते कोठाबाट भागेर इलाका प्रहरी कार्यालय आइपुगेकी थिइन् । युवतीले होटल सञ्चालकले यौनधन्दाको बारेमा जानकारी गराएसँगै प्रहरी टोलीले होटल सञ्चालक सिटौलालाई पक्राउ गरेको हो । उनलाई सोही दिन पक्राउ गरेपनि उनको सहयोगी महिला भने फरार रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।  

करिब साढे दुई महिना यौनधन्दामा लगाएबापत १८ वर्षीया युवतीको दुई लाख,  १७ वर्षीय युवतीको एक लाख ५० हजार र अर्की  १७ वर्षीया युवतीको ५० हजार रुपैयाँ सञ्चालक सिटौलाले दिन नमानेपछि युवतीहरू प्रहरीमा उजुरी गर्न आएको नायब उपरीक्षक कोइरालाले बताए ।
साभार : थाहा खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार