Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यौनधन्दा गराउने होटल सञ्चालक पक्राउ

Sex-Racket-1515581189.jpg

File Photo

२६ पुस, काठमाडौं । वेटर र कुकको काम भन्दै युवतीलाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट एक होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजका सञ्चालक ३८ वर्षीय राजकुमार सिटौला पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। पक्राउ परेका सिटौलालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गराई कारवाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

घटनामा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ।  तीन युवतीलाई यसरी लगाए यौनधन्धामा  झापा घुम्न आएका १८ वर्षीय र दुई जना १७ वर्षीय युवती गत कात्तिकमा बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजमा कोठा लिएर बसेका थिए । सञ्चालक सिटौलाले काउन्टर, वेटरमा र कुकमा काम दिन्छु भनी काममा लगाए । कामकै सिलसिलमा उनीहरुलाई आर्थिक प्रलोभन देखाएर यौनधन्दामा लगाए । यौनधन्दामा लगाएपछि उनले होटलमा नराखेर अन्यत्रै कोठा खोजिदिएको नायब प्रहरी उपरीक्षक कोइरालाले बताए ।

प्रहरीले छापा मारेर पक्राउ गर्ने डरले सिटौलाले उनीहरुलाई होटलमा नराखी बिहान कोठाबाट ल्याउने र पुर्‍याउने गरेका थिए। एक महिलाको सहयोगमा आठराई पाँचथर होटलमा लगेर पनि दैनिक जसो यौनधन्दा गराउने गरेको प्रहरीको दाबी छ।

यसरी पक्राउ परे सिटौला

आर्थिक प्रलोभनमा पारेर युवतीहरूलाई यौनधन्दामा लगाएका होटल सञ्चालक सिटौलाले धन्दामा लगाए बापत उनीहरुलाई रकम दिएका थिएनन्।  पीडितमध्ये एक जना पुस २४ गते कोठाबाट भागेर इलाका प्रहरी कार्यालय आइपुगेकी थिइन् । युवतीले होटल सञ्चालकले यौनधन्दाको बारेमा जानकारी गराएसँगै प्रहरी टोलीले होटल सञ्चालक सिटौलालाई पक्राउ गरेको हो । उनलाई सोही दिन पक्राउ गरेपनि उनको सहयोगी महिला भने फरार रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।  

करिब साढे दुई महिना यौनधन्दामा लगाएबापत १८ वर्षीया युवतीको दुई लाख,  १७ वर्षीय युवतीको एक लाख ५० हजार र अर्की  १७ वर्षीया युवतीको ५० हजार रुपैयाँ सञ्चालक सिटौलाले दिन नमानेपछि युवतीहरू प्रहरीमा उजुरी गर्न आएको नायब उपरीक्षक कोइरालाले बताए ।
साभार : थाहा खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार