Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जेरिना कम्प्युटरको सूचना प्रबिधिसम्बन्धी अभिमुखीकरण

anff-1707612401.jpg

२७ माघ, हेटौंडा । सूचना प्रविधिसम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिने उद्देश्यले हेटौंडामा आयोजना गरिएको एकदिने सूचना प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा रही सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत र बिभिन्न पेशामा संलग्न सरोकारवालालाई समावेश गरी अभिमुखीकरण गरिएको हो । 
मकवानपुरलगायत छिमेकी जिल्लामा कम्प्युटर तथा बिभिन्न सूचनासंचारप्रविधिको क्षेत्रमा कार्य गर्दै आएको चर्चित सप्लायर्स जेरिना कम्प्युटर इन्फोसिसको आयोजना र संसारका झन्डै ६० भन्दा बढी देशमा सूचना र प्रविधिसँग सम्बन्धित सामग्री उत्पादन र वितरण गर्दै आइरहेको रुजी–रेइ ब्राण्डको सहयोगमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको जेरिना कम्प्युटर इन्फोसिसका सञ्चालक जीतेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए । 
अभिमुखीकरण कार्यक्रममा रुजी–रेइ कम्पनीको तर्फबाट प्रशिक्षक रोशन गिरीले सूचना प्रविधिसँग सम्बन्धित प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागीमध्ये आफ्ना अनुभव राख्दै राक्सिराङ गाउँपालिकाको कर्मचारी नवरज रिजालले नेटवर्क र इन्टरनेटसम्बन्धी धेरै जानकारी प्राप्त गर्ने अवसर पाएको प्रति आयोजकलाई धन्यवाद दिए । 
बढ्दो बजारीकरण, प्रविधिको उच्चतम प्रयोग एवम् दिनानुदिन प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रविधि नेपालमा पनि भित्रिरहेको सन्दर्भमा अभिमुखीकरणबाट अपडेट हुने अवसर मिलेको सहभागीले बताए । विगत लामो समयदेखि मकवानपुर र आसपासमा सूचना तथा सञ्चारप्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको जेरिना कम्प्युटर इन्फोसिसले रुजी–रिको आधिकारिक वितरकको रुपमा प्रविधि पनि बिक्रि सुरु गरेको सञ्चालक  कुशावाहाले बताए । 
चीनमा उत्पादन हुने यो प्रविधिले विश्वबजारमा विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको बताइएको छ । नेपालमा नेटवर्क र इन्टरनेट डिभाइसमा ठुलो बजार हिस्सा लिने कम्पनीका प्रतिनिधिले दावी गरेका छन् । मकवानपुर, बारा, चितवनस्थित बिभिन्न गाउपालिका, नगरपालिका, विद्यालयका शिक्षक, सूचनाप्रविधिका सप्लायर्स र संचारकर्मीको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा नेटवर्क डिजाइन, नेटवर्क र इन्टरनेट उपकरणको उत्पादन र बिक्री वितरण, नेटवर्क सुरक्षासम्बन्धी जानकारी दिइएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार