२७ माघ, हेटौंडा । सूचना प्रविधिसम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिने उद्देश्यले हेटौंडामा आयोजना गरिएको एकदिने सूचना प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा रही सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत र बिभिन्न पेशामा संलग्न सरोकारवालालाई समावेश गरी अभिमुखीकरण गरिएको हो ।
मकवानपुरलगायत छिमेकी जिल्लामा कम्प्युटर तथा बिभिन्न सूचनासंचारप्रविधिको क्षेत्रमा कार्य गर्दै आएको चर्चित सप्लायर्स जेरिना कम्प्युटर इन्फोसिसको आयोजना र संसारका झन्डै ६० भन्दा बढी देशमा सूचना र प्रविधिसँग सम्बन्धित सामग्री उत्पादन र वितरण गर्दै आइरहेको रुजी–रेइ ब्राण्डको सहयोगमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको जेरिना कम्प्युटर इन्फोसिसका सञ्चालक जीतेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए ।
अभिमुखीकरण कार्यक्रममा रुजी–रेइ कम्पनीको तर्फबाट प्रशिक्षक रोशन गिरीले सूचना प्रविधिसँग सम्बन्धित प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागीमध्ये आफ्ना अनुभव राख्दै राक्सिराङ गाउँपालिकाको कर्मचारी नवरज रिजालले नेटवर्क र इन्टरनेटसम्बन्धी धेरै जानकारी प्राप्त गर्ने अवसर पाएको प्रति आयोजकलाई धन्यवाद दिए ।
बढ्दो बजारीकरण, प्रविधिको उच्चतम प्रयोग एवम् दिनानुदिन प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रविधि नेपालमा पनि भित्रिरहेको सन्दर्भमा अभिमुखीकरणबाट अपडेट हुने अवसर मिलेको सहभागीले बताए । विगत लामो समयदेखि मकवानपुर र आसपासमा सूचना तथा सञ्चारप्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको जेरिना कम्प्युटर इन्फोसिसले रुजी–रिको आधिकारिक वितरकको रुपमा प्रविधि पनि बिक्रि सुरु गरेको सञ्चालक कुशावाहाले बताए ।
चीनमा उत्पादन हुने यो प्रविधिले विश्वबजारमा विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको बताइएको छ । नेपालमा नेटवर्क र इन्टरनेट डिभाइसमा ठुलो बजार हिस्सा लिने कम्पनीका प्रतिनिधिले दावी गरेका छन् । मकवानपुर, बारा, चितवनस्थित बिभिन्न गाउपालिका, नगरपालिका, विद्यालयका शिक्षक, सूचनाप्रविधिका सप्लायर्स र संचारकर्मीको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा नेटवर्क डिजाइन, नेटवर्क र इन्टरनेट उपकरणको उत्पादन र बिक्री वितरण, नेटवर्क सुरक्षासम्बन्धी जानकारी दिइएको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















