२८ माघ, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद दाहाल चयन भएका छन् । शनिबार भएको संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा हेमन्त ढुंगेल, महासचिवमा मन्जु दाहाल खराल, कोषाध्यक्षमा मीरा शर्मा गुरागाई, सचिवमा किसन पौडेल तथा सदस्यमा श्यामप्रसाद श्रेष्ठ, सानुबाबु खनाल, गोपिनी गौतम, बैकुण्ठ लामिछाने, प्रद्युम्न उपाध्याय, मिथिला अधिकारी चयन भएका छन् ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्जका वरिष्ठ साहित्यकार गणेश लाठको प्रमुख आतिथ्यता रहेको थियो । मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलले संस्थाले प्रदान गरेको पुरस्कार तथा गतिविधिको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन सदस्य किसन पौडेलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वस्तिका दाहाल, चितवनका सरस्वती पौडेल, मिथिला अधिकारी, सानु खनाल, डीबी बर्तौला, किशन पौडेल, समिर पाख्रिन, जनार्दन खनाल, मञ्जु खराल, सुशिल पराजुली, राजकुमार लामिछाने, दिपक गौतम, गोपिनी गौतम, सुवास सजल, देवराज तिवारी, पूर्णकला घिमिरे र केट स्मार्टले रचना वाचन गरेको थिए ।
मातृभूमिका महासचिव हेमन्त ढुंगेलले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा मातृभूमि साहित्य समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष हयग्रीव आचार्य, महाकाव्यकार मुना अर्याल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला लगायतको आतिथ्यता रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















