Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भूकम्प पीडितलाई प्रधानमन्त्रीको नयाँ प्याकेज

PM-at-Rostam-1473319727.jpg

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितका लागि नयाँ प्याकेजको घोषणा गरेका छन् । आफु प्रधानमन्त्री भएपछि ५ लाखको प्याकेज घोषणा गरेका प्रधानमन्त्री दाहालले  विहीबार ८ लाखको प्याकेज घोषणा गरेका हुन् ।

प्रधानमन्त्री भएपछि पहिलो पटक संसदमा बोल्दै दाहालले भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख अनुदान बढाएर तीन लाख  दिने घोषणा गरेका छन् । त्यसैगरी, सामूहिक जमानीमा ३ लाख निर्व्याजी ऋण दिइने बताए । भूकम्पका कारण पेशा र रोजगारीसमेत गुमाएकालाई स्वरोजगारमुलक व्यवसाय गर्न परियोजना धितोमा सहुलियत व्याजदरमा २ लाखसम्म ऋण दिइने दाहालको भनाई छ । अनुदान रकम ३ लाख, जमानिमा सहुलियत ऋण ३ लाख र परियोजना धितोमा ऋण २ लाख गरी ८ लाख को प्याकेज प्रधानमन्त्रीले सार्वजनिक गरेका छन् ।

उनले सरकारले घोषणा गरेको नीजि घर पुर्ननिर्माणको पहिलो किस्ता ४५ दिनभित्र पुर्याउन पुनः निर्देशन दिंदै नियमित अनुगमन हुने दावि गरे । आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४० हजारले मात्र पाएकोमा अहिले ३ लाख १९ हजार पुगेको उनको भनाई छ । उनले ५ लाखलाई मध्यकालिन र अल्पकालिन अवधिका निःशुल्क सिपमुलक तालिम दिने घोषणा गरे ।

संविधान कार्यान्वयन पहिलो प्राथमिकता

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको प्रमुख प्राथमिकता संविधान कार्यान्वयन रहेको जनाए । उनले संविधान कार्यान्वयन पहिलो प्राथमिकता रहेको जनाउँदै आन्दोलनरत पक्षसँग असमझदारीको दुरी घटेर समझदारी बढेको बताए । उनले सबै पक्षसँग उदार भएर सहमित खोज्न ढिला गर्न नहुने बताए । उनले असोज मसान्तसम्म स्थानीय निकायको पुर्नसंरचना आयोगको काम पूरा हुने बताए । उनले ०७४ माघ ७ सम्म तीनवटै निर्वाचन गर्न  सरकार लागि परेको बताए । त्यसका लागि निर्वाचन सम्बन्धी कानुन बनिरहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार