Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

कैलाशमा धुमधामका साथ मनाइयो ल्होछार

cv-1707697808.jpg

२९ माघ, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा पर्यटन प्रवर्द्धन र तामाङ संस्कृतिको जगेर्ना गर्ने उद्येश्यसहित सोनाम ल्होछार पर्व मनाइएको छ । २८६० औं डुक म्हु ल्हो सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको हो ।
दुईदिन सन्चालन भएको कार्यक्रममा नेपालका दुई दर्जन बढी चर्चित गायक गायिकाले आफ्नो साँस्कृतिक प्रश्तुती दिएका थिए । कलाकारले तामाङ भाषा र संस्कृतिसँग जोडिएको बिभिन्न साँस्कृतिक झाँकी, बोन्पो, लापतापा, ताम्बा र फापरे ह्वाईसहित स्थानीय झाँकी समेत प्रश्तुत गरिएको थियो ।
कार्यक्रममा करिब आठहजार सर्वसाधारणको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । साँस्कृतिक मेलामा २५ वटा स्टल समेत राखिएको थियो । स्टलबाट करिब ५५ लाख रुपैयाँको कारोबार भएको छ । 
ल्होछार बिशेष साँस्कृतिक मेला व्यवस्थापन मुल समारोह समितिका संयोजक दिलबहादुर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत बिनोद रोका, कैलाश गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका वडा अध्यक्षसहित स्थानीय राजनीतिक दल, र विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । 
सोनाम ल्होछारलाई पहिला गाउँगाउँमा त्यसपछि घरघरमा भन्ने जागरण अभियानसहित कैलाश बैकुण्ठ ब्रोम्दिङ पर्यटन प्रवर्द्वनको उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
मेलामा धादिङ र मकवानपुरको विभिन्न स्थानबाट अवलोकनको लागि सहभागी आएका थिए । उनीहरुलाई राति बास बस्न क्याम्पिङ टेण्टको समेत व्यवस्था गरिएको थियो । स्टलमा स्थानीय र तामाङ जातीको परिकारको व्यवस्था गरिएको थियो । 
स्थानीयले यो मकवानपुरकै उत्कृष्ट ल्होसार भएको दावी समेत गरेका छन् । यस कार्यक्रमबाट पर्यटन प्रवर्द्धन र तामाङ जातिको संस्कृति जगेर्नामा केही मद्दत पुगेको कैलाश गाउँपालिका २ नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार