Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

कैलाशमा धुमधामका साथ मनाइयो ल्होछार

cv-1707697808.jpg

२९ माघ, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा पर्यटन प्रवर्द्धन र तामाङ संस्कृतिको जगेर्ना गर्ने उद्येश्यसहित सोनाम ल्होछार पर्व मनाइएको छ । २८६० औं डुक म्हु ल्हो सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको हो ।
दुईदिन सन्चालन भएको कार्यक्रममा नेपालका दुई दर्जन बढी चर्चित गायक गायिकाले आफ्नो साँस्कृतिक प्रश्तुती दिएका थिए । कलाकारले तामाङ भाषा र संस्कृतिसँग जोडिएको बिभिन्न साँस्कृतिक झाँकी, बोन्पो, लापतापा, ताम्बा र फापरे ह्वाईसहित स्थानीय झाँकी समेत प्रश्तुत गरिएको थियो ।
कार्यक्रममा करिब आठहजार सर्वसाधारणको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । साँस्कृतिक मेलामा २५ वटा स्टल समेत राखिएको थियो । स्टलबाट करिब ५५ लाख रुपैयाँको कारोबार भएको छ । 
ल्होछार बिशेष साँस्कृतिक मेला व्यवस्थापन मुल समारोह समितिका संयोजक दिलबहादुर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत बिनोद रोका, कैलाश गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका वडा अध्यक्षसहित स्थानीय राजनीतिक दल, र विभिन्न सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । 
सोनाम ल्होछारलाई पहिला गाउँगाउँमा त्यसपछि घरघरमा भन्ने जागरण अभियानसहित कैलाश बैकुण्ठ ब्रोम्दिङ पर्यटन प्रवर्द्वनको उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
मेलामा धादिङ र मकवानपुरको विभिन्न स्थानबाट अवलोकनको लागि सहभागी आएका थिए । उनीहरुलाई राति बास बस्न क्याम्पिङ टेण्टको समेत व्यवस्था गरिएको थियो । स्टलमा स्थानीय र तामाङ जातीको परिकारको व्यवस्था गरिएको थियो । 
स्थानीयले यो मकवानपुरकै उत्कृष्ट ल्होसार भएको दावी समेत गरेका छन् । यस कार्यक्रमबाट पर्यटन प्रवर्द्धन र तामाङ जातिको संस्कृति जगेर्नामा केही मद्दत पुगेको कैलाश गाउँपालिका २ नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार