Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सन् २०२३ नेपालमा चार दशक यताकै तातो वर्ष

Hot-Nepal-in-2023-1707784757.jpg

१ फागुन, हेटौंडा । सन् २०२३ मा नेपालको औसत तापक्रम ४२ वर्ष यताकै बढी रेकर्ड भएको छ । यसअघि सन् २०१०, २०१६ र २०२३ पनि तातो वर्षका रुपमा रहेकामा सन् २०२३ ती सबै रेकर्डलाई तोडेर सन् १९८१ पछिकै तातो वर्ष बनेको हो । 
जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०२३ मा अधिकतम र न्यूनतम तापक्रम दुवै सामान्यभन्दा बढी रेकर्ड भएका छन् । सन् २०२३ मा नेपालको औसत अधिकतम तापक्रम २७ दशमलव ९ डिग्री सेल्सियस थियो । यो सामान्य वार्षिक अधिकत तापक्रमभन्दा शून्य दशमलव ६ डिग्री सेल्सियसले बढी हो । 
सन् १९८० को दशकमा औसत वार्षिक अधिकतम तापक्रम २६ दशमलव ४ डिग्री सेल्सियस थियो । सन् २०२३ मा नेपालको औसत न्यूतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । यो वार्षिक न्यूनतम तापक्रमभन्दा शून्य दशमलव ५ डिग्री सेल्सियस बढी हो । सन् २०२३ मा  नेपालका १२ ठाउँमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको छ । 
मौसम विज्ञान विभागका अनुसार वैशाख अन्तिमतिर नेपालमा एक्कासी बढेको तापक्रम असारको दोस्रो हप्तासम्म रहेको थियो । सन् २०२३ मा कपिलवस्तु, रुपन्देही, नवलपरासी–पश्चिम, चितवन, पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी र सिरहा जिल्लाका केही ठाउँमा केही दिन तापक्रम ४२ डिग्री सेल्सियस नाघेको थियो ।
सन् २०२३ वर्षाको हिसाबले भने सामान्य रह्यो । समग्रमा ९१ प्रतिशत वर्षा भएको छ ।  सन् १९८१ पछि सन् २०२३ आठौँ सबैभन्दा सुक्खा वर्ष बनेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार