Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सन् २०२३ नेपालमा चार दशक यताकै तातो वर्ष

Hot-Nepal-in-2023-1707784757.jpg

१ फागुन, हेटौंडा । सन् २०२३ मा नेपालको औसत तापक्रम ४२ वर्ष यताकै बढी रेकर्ड भएको छ । यसअघि सन् २०१०, २०१६ र २०२३ पनि तातो वर्षका रुपमा रहेकामा सन् २०२३ ती सबै रेकर्डलाई तोडेर सन् १९८१ पछिकै तातो वर्ष बनेको हो । 
जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०२३ मा अधिकतम र न्यूनतम तापक्रम दुवै सामान्यभन्दा बढी रेकर्ड भएका छन् । सन् २०२३ मा नेपालको औसत अधिकतम तापक्रम २७ दशमलव ९ डिग्री सेल्सियस थियो । यो सामान्य वार्षिक अधिकत तापक्रमभन्दा शून्य दशमलव ६ डिग्री सेल्सियसले बढी हो । 
सन् १९८० को दशकमा औसत वार्षिक अधिकतम तापक्रम २६ दशमलव ४ डिग्री सेल्सियस थियो । सन् २०२३ मा नेपालको औसत न्यूतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । यो वार्षिक न्यूनतम तापक्रमभन्दा शून्य दशमलव ५ डिग्री सेल्सियस बढी हो । सन् २०२३ मा  नेपालका १२ ठाउँमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक भएको छ । 
मौसम विज्ञान विभागका अनुसार वैशाख अन्तिमतिर नेपालमा एक्कासी बढेको तापक्रम असारको दोस्रो हप्तासम्म रहेको थियो । सन् २०२३ मा कपिलवस्तु, रुपन्देही, नवलपरासी–पश्चिम, चितवन, पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी र सिरहा जिल्लाका केही ठाउँमा केही दिन तापक्रम ४२ डिग्री सेल्सियस नाघेको थियो ।
सन् २०२३ वर्षाको हिसाबले भने सामान्य रह्यो । समग्रमा ९१ प्रतिशत वर्षा भएको छ ।  सन् १९८१ पछि सन् २०२३ आठौँ सबैभन्दा सुक्खा वर्ष बनेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार