Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा उपमहानगरको ५५ औं स्थापना दिवस

स्थापना दिवसमा खेलकुद प्रतियोगिता र रक्तदान कार्यक्रम

Capture-1707784964.JPG

१ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरीएको छ । दिवस मनाउँनका लागि नगर प्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा गठित मुल समारोह समिति मातहत रहेको अत्तिरीक्त क्रृयाकलाप समितिको आयोजनामा फुटबल, फुटसल, वडा स्तरीय सरसफाई र रक्तादान कार्यक्रम गरीएको छ । 
स्थापना दिवसरको अवरमा अयोजित नगरप्रमुख टिम र प्रमुख प्रशासकिय अधिकृत टिम बिच हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा नगर प्रमुख टिम ४–३ ले बिजयी भएको थियो । त्यस्तै स्थापना दिवसको अवसरमा हेटौंडा–४ कमलडाडाँमा भएको महिला जनप्रतिनिधी र महिला कर्मचारी बिचको फुटसलमा कर्मचारी टोली ३–० गोल अन्तरले बिजयी भएको खेलकुद शाखाका प्रमुख बसन्त सिटौंलाले बताए । 
दिवसरको सन्दर्भमा आयोजित जनप्रतिनिधी तथा कर्मचारी बिच हेटौंडा–४ हुप्रचौरमा भएको भलिवल प्रतियोगितामा २–१ को सेटमा कर्मचरी टिम बिजयी भएको थियो । स्थापना दिवसको अवसरमा वडाहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरीएको छ । वडा कार्यालय र टोलविकास समितिको समन्वयमा सरसफाई कार्यक्रम भएको सामाजिब बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले जानकारी दिए । 
पछिल्लो समय रगतको अभाब भइरहेको समयमा उपमहानगरको स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा कार्यक्रममा ३० जना सहभागि भएका छन् । उपमहानगरको अयोजना तथा रक्तसञ्चार केन्द्रको समन्वयमा हेटौंडा उपमहानगरपालिका परिसरमा अयोजित रक्तदानमा ३० जनाले रक्तदान गरेका हुन् । अत्तिरीक्त क्रृयाकलाप हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानको संयोजनमा भएको हो । 
स्थापना दिवसमा बिभिन्न सम्मान
हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवस बिभिन्न सम्मान तथा प्रगति पुस्तिकाको बिमोचन सहित समापन हुने भएको छ । उपमहानगरक्षेत्र भित्र रहेर बिभिन्न क्षेत्रमा योगदान पु¥याएको व्यक्ति, सस्थालाई सम्मान सहित नगर प्रगति पुस्तिकाको विमोचन गरिने छ ।
उपमहानगरले ५५ औं स्थापाना दिवस पारेर उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयम सेवीका, टोलबिकास सस्था, बाल समुह र जग्गादाताहरुलाई सम्मान गर्ने उपमहानगपालिका समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले बताए । 
नगर स्थापना दिवसको उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षि बिकास मन्त्री बेदुराम भूषालले गर्ने कार्यतालिका रहेको उपमहानगरले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार