Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा उपमहानगरको ५५ औं स्थापना दिवस

स्थापना दिवसमा खेलकुद प्रतियोगिता र रक्तदान कार्यक्रम

Capture-1707784964.JPG

१ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरीएको छ । दिवस मनाउँनका लागि नगर प्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा गठित मुल समारोह समिति मातहत रहेको अत्तिरीक्त क्रृयाकलाप समितिको आयोजनामा फुटबल, फुटसल, वडा स्तरीय सरसफाई र रक्तादान कार्यक्रम गरीएको छ । 
स्थापना दिवसरको अवरमा अयोजित नगरप्रमुख टिम र प्रमुख प्रशासकिय अधिकृत टिम बिच हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा नगर प्रमुख टिम ४–३ ले बिजयी भएको थियो । त्यस्तै स्थापना दिवसको अवसरमा हेटौंडा–४ कमलडाडाँमा भएको महिला जनप्रतिनिधी र महिला कर्मचारी बिचको फुटसलमा कर्मचारी टोली ३–० गोल अन्तरले बिजयी भएको खेलकुद शाखाका प्रमुख बसन्त सिटौंलाले बताए । 
दिवसरको सन्दर्भमा आयोजित जनप्रतिनिधी तथा कर्मचारी बिच हेटौंडा–४ हुप्रचौरमा भएको भलिवल प्रतियोगितामा २–१ को सेटमा कर्मचरी टिम बिजयी भएको थियो । स्थापना दिवसको अवसरमा वडाहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरीएको छ । वडा कार्यालय र टोलविकास समितिको समन्वयमा सरसफाई कार्यक्रम भएको सामाजिब बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले जानकारी दिए । 
पछिल्लो समय रगतको अभाब भइरहेको समयमा उपमहानगरको स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा कार्यक्रममा ३० जना सहभागि भएका छन् । उपमहानगरको अयोजना तथा रक्तसञ्चार केन्द्रको समन्वयमा हेटौंडा उपमहानगरपालिका परिसरमा अयोजित रक्तदानमा ३० जनाले रक्तदान गरेका हुन् । अत्तिरीक्त क्रृयाकलाप हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानको संयोजनमा भएको हो । 
स्थापना दिवसमा बिभिन्न सम्मान
हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवस बिभिन्न सम्मान तथा प्रगति पुस्तिकाको बिमोचन सहित समापन हुने भएको छ । उपमहानगरक्षेत्र भित्र रहेर बिभिन्न क्षेत्रमा योगदान पु¥याएको व्यक्ति, सस्थालाई सम्मान सहित नगर प्रगति पुस्तिकाको विमोचन गरिने छ ।
उपमहानगरले ५५ औं स्थापाना दिवस पारेर उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयम सेवीका, टोलबिकास सस्था, बाल समुह र जग्गादाताहरुलाई सम्मान गर्ने उपमहानगपालिका समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले बताए । 
नगर स्थापना दिवसको उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षि बिकास मन्त्री बेदुराम भूषालले गर्ने कार्यतालिका रहेको उपमहानगरले जनाएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार