१ फागुन, मनहरी । मकवानपुरको पश्चिमि क्षेत्र मनहरी गाउँपालिकाले वडा–वडामा पुगेर स्त्री रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ । माघ २८ गतेदेखि गाउँपालिकाले विभिन्न वडाहरुमा स्त्री रोग सम्बन्धी निशुल्क शिविर सञ्चालन गरेको हो ।
चालु आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममै महिलाहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य शिविर कार्यक्रम समावेस गरी सञ्चालन गरीएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।
मनहरी गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त शिविरलाई नेपाल परिवार नियोजन संघ मकवानपुरले प्राविधिक सहयोग गरेको छ । पहिलो दिन आइतबार मनहरी गाउँपालिका वडा नं १ मा शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा १ सय ३१ जना महिलाहरुले सेवा लिएका थिए ।
सोमबार वडा नं ३ मा शिविर सञ्चालन भएको थियो । हाँडीखोला स्वास्थ्य चौकिमा आयोजीत उक्त शिविरमा १ सय ४७ जना महिलाहरुले सेवा लिएका छन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले आफ्नो वडाका नागरिकलाई स्वस्थ राख्ने सवालमा यस्ता कार्यक्रमहरुको महत्वपुर्ण भुमिका हुने बताए । आगामी दिनमा यस्ता शिविरका कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्न पहल गर्ने उनको भनाई छ ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफूले पहिलो प्राथमिकता दिएर अघि बढेको बताए । विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा सँगै अति जटिल रोगीहरुलाई उपचारका लागि गाउँपालिकाले सहयोग गर्दै आएको उनको भनाई छ । आगामी दिनमा अशक्त र विपन्न नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उनले प्रतिवद्धता व्यक्त गरे ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

















