४ फागुन, हेटौंडा । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्विवद्यालय, वन विज्ञान संकाय, हेटौंडाको सातौं ईकाई समिति अधिवेशन, पुस्तक विमोचन तथा बृहत् सांस्कृतिक कार्यक्रम बिहिवार हेटौंडामा सम्पन्न भएको छ ।
नेविसंघ वन विज्ञान संकाय हेटौंडाका छैठौं ईकाई समितिका सभापति संकल्प सेढाईको सभाध्यक्षता एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा ईकाई समितिको सातौं अधिबेशन तथा समितिले प्रकाशन गरेको वृन्दावन नामक पुस्तक विमोचन गरिएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले कांग्रेसको मेरुदण्डको रुपमा चिनिने नेपाल विद्यार्थी संघ नै देश हाक्ने सशक्त युवा उत्पादन गर्ने भएकाले अवका दिनमा युवापुस्ताले सुशासन, विकास निर्माण र भ्रष्टाचारमुक्त समाज निर्माणमा आफु लाग्दै र अग्रजहरुलाई खबरदारी गर्न समेत सुझाव दिए ।
सातौ अधिवेशनले अस्मित घिमिरेको सभापतित्वमा २१ सदस्यीय नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्विवद्यालय, वन विज्ञान संकाय, हेटौंडाको ईकाई समिति निर्विरोध चयन गरेको छ ।
समितिको बरिष्ठ उपसभापतिद्वय सुदिप्ता सापकोटा र रोजित भण्डारी, उपसभापतिहरु सन्ध्या कंडेल, अरुणा प्याकुरेल, जीवन शर्मा गैरे, विप्पन श्रेष्ठ, सचिव दीपेन्द्र कुमार शाही, कोषाध्यक्ष ऋषिकेश कुमार बानियाँ, उपसचिव सुजल अधिकारी र सहकोषाध्यक्ष संगिता काफ्ले चयन भएका छन् ।
सदस्यहरुमा असिम डुम्रे, दिपा आचार्य, सुष्मा बोगटी, सुरक्षा पौडेल, ज्योति भट्ट, डेविड ठकुरी, पपुजाकुमारी साह कानु, विवेक खत्री, हिमसागर दाहाल र भद्र विष्ट निर्विरोध चयन भएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाका निवर्तमान डिन बलराम भट्ट, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवाल, नेविसंघका केन्द्रीय सदस्यहरु मिलन पुडासैनी, सुजन सापकोटा, दिनेश कुमार शाही, वन विज्ञान अध्ययन संस्थान फरेष्ट्रीका सभापति ऋषि रेग्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







