५ फागुन, हेटौंडा । पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड शनिबार सम्पन्न भएको छ । हेटौंडामा १० वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो।
हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा पिम* नेपालका अध्यक्ष माधवराज खरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडाका उपमेयर राजेश बानियाँ, मकवानपुरका प्रजिअ सुर्य प्रसाद सेढाई, हेटौंडा ६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, ७ नम्बर वडाका अध्यक्ष दामोदर गौतम, हेटौंडा ११ का वडाध्यक्ष जुना दाहाल, जसपा नेता विद्युत बज्राचार्य, कलाकार सुसान्त श्रेष्ठ, मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागिता रहेको थियो।
अवार्ड विभिन्न १० वटा विधामा १० जना पत्रकारहरुलाई प्रदान गरिएको थियो। अवार्ड न्यु मिडिया एकेडेमी प्रालि र पिम* नेपालको संयुक्त रुपमा आयोजना गरेको हो । प्रालिले २०७५ सालबाट अवार्ड दिंदै आएको छ । वर्ष पत्रकारिता पुरस्कार महिला र पुरुषको पुरस्कारको राशि १० हजार र सर्वोत्कृष्ट राष्ट्रिय पुरस्कारको राशी १५ हजार रहेको छ भने अन्य विधाको पुरस्कारको राशी ५ हजार रहेको छ।
*पाँचौ जर्नालिजम अवार्डमा —२०८० मा अवार्ड र सम्मान प्राप्त गर्ने पत्रकारहरू*
क) अग्रज संचारकर्मी सम्मान २०८० बाट : राससका पत्रकार कृष्ण राम परियार, ईमेज च्यानल टेलिभिजनका सुवर्णलाल श्रेष्ठ र उज्यालो नेटवर्कका पत्रकार एवं नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई
ख) संचार उद्यमी सम्मान २०८० बाट पालुङ एफएमका ध्रुवराज ढकाल, नेशनल गोल्ड टिभिका उज्वल चौलागाई र हेटौँडा सन्देश दैनिकका माधव न्यौपाने
ग) उत्कृष्ट उदियमान पत्रकार वर्ष अवार्ड*२०८० बाट समृद्ध समाज दैनिकका रविन्द्र वाइवा
घ) उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड-२०८० बाट टिम टिभिका मनिल महतो
ङ) उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड-२०८० बाट अनिरुद्ध खबर डटकमका अनिल पराजुली
च) उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड-२०८० बाट रातोसमाचार डटकमका राजेश थापा (गरिब)
छ) उत्कृष्ट ग्रामीण पत्रकारिता अवार्ड-२०८० बाट न्युज ट्वान्टी फोर टिभीकी सुनिता विष्ट (कृष्ण)
ज) उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड-२०८० बाट गोल नेपाल डटकमका विक्रम बानियाँ
झ ) उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड -२०८० बाट साझाकुरा दैनिकका रेवती तिमल्सिना (नविन)
ञ) उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड -२०८० पुरुषतर्फ रातोपाटी डटकमका गणेश दुलाल (श्यामलाल)
ट) उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड-२०८० महिलातर्फ राजधानी दैनिककी सरिता दाहाल
ठ) सर्वोकृष्ट राष्ट्रिय पत्रकारिता वर्ष अवार्ड २०८० बाट कान्तिपुरका होम कार्की
*पिम हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौ।
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...













-1782436668.jpg)




