९ फागुन, काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित भएको छ। त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा पनि नेपाल नामिबियासँग पराजित भएको थियो। तीन खेलमा २ जित निकालेको नामिबिया अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
जारी सिरिजको नामिबियासँगको अन्तिम तथा दोस्रो खेलमा नेपालले कमजोर ब्याटिङ गर्दै जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको थियो। जवाफमा उक्त लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।
नामिबियाको जितमा कप्तान जेरहार्ड इरासमसले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा मिचेल भान लिङ्गेनले ३१ रन बनाए। त्यस्तै, जेजे स्मिथले संयमित रुपमा ३४ रनको अविजित इनिङ खेल्दै टिमको जित निश्चित गरेका थिए। उसका लागि थप दोहोरो स्कोरका रुपमा रुवेन ट्रम्पेलम्यानले १६ रन बनाएका थिए।
नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले समान १–१ विकेट लिए । त्यसअघि टियू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले ६४ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५८ रन बनाउनु सर्वाधिक रह्यो। उनले आफ्नो करिअरको १२ औं शतक प्रहार गरे। उनीबाहेक कुशल मल्लले ३६ रन बनाउँदा भिम सार्कीले २६ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १८ रन बनाएका थिए।
नेपालका आशा गरिएका तीन खलाडी शून्य रनमा पेभिलियन फर्किएका थिए। अनिल शाह, देभ खनाल र कप्तान रोहित पौडेलले खाता नखोली पेभिलियन फर्किए। त्यस्तै, दिपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउ हुँदा सोमपाल कामी ४ रनमा आउट भए। करण केसी १२ रनमा समेटिएका थिए।
नामिबियाका लागि बर्नार्ड स्कोल्ज रजन निकोल लोफटाइले समान ४–४ विकेट लिए। त्यस्तै, ज्याक ब्रसेल र जेर्रहार्ड इरासमसले १-१ विकेट लिए।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

