Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

बाराको निजगढमा ग्यास सिलिन्डर विस्फोट, १को मृत्यु ५ घाइते

IMG_20240226_165405-1708945879.jpg

१४ फागुन, निजगढ। बाराको निजगढमा  ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। 

सोमबार दिउँसो बाराको निजगढ नगरपालिका- वडा नम्बर ७ मा रहेको  रोहित वर्कशाप ग्यास सिलिन्डर विस्फोट हुँदा  स्थानीय ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो। 

लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक  दधिराम न्यौपानेले जानकारी दिएका छन्। 

सोही घटनामा परेर ५ जना घाइते भएका छन्। घाइते हुनेमा निजगढ-५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देमान, २० वर्षीय रितु रजत, ३५ वर्षीय भारतीय नागरिक राकेश जयसवाल, २० वर्षीय अरविन साह रहेको डिएसपी न्यौपानेले बताएका छन् ।घाईतेहरूको वीरगन्ज उपचार भइरहेको र ४को अवस्था गम्भीर रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
nepali-cricket-team-2-1750308459.jpg

५ असार, हेटौंडा । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1750307708.jpg

५ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती, गण्डकी र प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...

हेटौंडा १९ मा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु
IMG_1053-1691907138-1750253146.png

४ असार, हेटौंडा। हेटौंडामा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो हेटौंडा १९  नेवारपानीमा...

हेटौंडा १ का वडाध्यक्ष न्यौपाने माथि मोबिल छ्यापियो, कांग्रेस मकवानपुरको भर्त्सना
IMG_20250618_181523-1750250100.jpg

४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...

मनहरी घर भएका *चन्द्रको बारामा बाघको आक्रमणबाट मृत्यु
download-1750228913.jpg

४ असार, हेटौंडा। मकवानपुरको  मनहरी घर भएका एक व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको छ। मकवानपुरको मनहरी घर भई ...

हेटौंडा १६ बाट ५ जना जुवाडे पक्राउ
102-1750211831.jpg

४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...

स्कटल्याण्ड नेपालसंग पराजित
20250618_070115-1750209399.jpg

४ असार, हेटौंडा । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु...

एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1750208384.jpg

४ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै...

सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घट्यो
gold-1750141887.png

३ असार, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले...

थप समाचार