१६ फागुन, हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघलाई आफ्नो गलत इतिहास सच्याउन ७ दिने अल्टिमेटमसहितको स्मरण पत्र बुझाएको छ ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेकाले भन्दै फोनिजले ईतिहास सच्याउन माग गर्दै मकवानपुरमा पनि फोनिजको संघीय अभियान अन्तरगत स्मरणपत्र बुझाइएको हो ।
फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठले पत्रकार महासंघको केन्द्रीय कार्यसमितिका लागि पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमलाई मंगलबार पत्र बुझाएका छन् ।
स्मरणपत्र बुझाएपछि आयोजित छलफल कार्यक्रम नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरको प्रमुख आतिथ्य तथा फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा फोनिजका संघीय प्रतिनिधी एवं नेवाः पत्रकार राष्ट्रिय दबुः मकवानपुरका अध्यक्ष सुवर्णलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्षहरु ध्रुब अधिकारी, सरला अधिकारी, फोनिज बागमती प्रदेशका सदस्य विशाल मगर, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवाश विडारी, प्रेस चौतारी मकवानपुरका उपाध्यक्ष पुष्पराज अधिकारी, रिपोटर्स क्लब मकवानपुरकी सचिव भावना रिजाल लगायतको आथित्यता रहेको थियो ।
यस्तै, फोनिज बागमती प्रदेश समितीले पत्रकार महासंघ बागमती प्रदेश समितीका महासचिव कृष्ण सारु मगरलाई पनि मागपत्र बुझाएको छ ।
‘तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन्,’ स्मरणपत्रमा उल्लेख छ, ‘श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समितिमार्फत् माग गरिएपनि गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार भएन ।’
‘सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको छ,’ फोनिजले भनेको छ, ‘तसर्थ ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दछौँ, हाम्रो माग पूरा नभए नेपाल पत्रकार महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी गराउँदछौँ ।’
तत्कालिन नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ रहेको भन्दै फोनिजले वि.सं. २००८ वैशाख ९ गतेको पत्रकार भेलाले श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको र २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भएको जिकिर गरेको छ ।
‘अधिकारका लागि कलम चलाउनसमेत नसकिने कहालीलाग्दो तत्कालीन परिस्थितिमा पत्रकारलाई संगठित गर्नु सामान्य काम थिएन,’ स्मरणपत्रमा उल्लेख छ, ‘त्यो हिम्मत र साहस गर्नुहुने सत्यनारायण बहादुर श्रेष्ठसहित सम्पूर्ण अग्रज नेतृत्वप्रति फोनिज सम्मान व्यक्त गर्दछ ।’
अकाट्य तथ्यहरुका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक सभापति(हाल अध्यक्ष) सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरुले पुष्टि गरिसकेको दाबी गर्दै फोनिजले नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरुलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएकोमा महासंघको कदमप्रति फोनिजले गम्भीर विमति राख्दै आएको छ ।
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२८ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा आज...
२८ माघ, हेटौंडा । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ...
२८ माघ, हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष...
२८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...