१८ फागुन, काठमाडौं । इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आईएनएनएफ) ले बिहीबार आयोजित एक भव्य समारोहमा पाँच दशकभन्दा लामो समयदेखिको उल्लेखनीय योगदानका लागि नेपाली चलचित्र उद्योगका पाँच व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ ।
नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्काको अतुलनीय समर्पण र असाधारण प्रतिभालाई कदर गर्दै ’चलचित्र स्वर्णिम सम्मान २०८०’ बाट सम्मानित गरिएको हो ।
कार्यक्रममा रमेश बुढाथोकी, राजकुमार राई, रवीन्द्र खड्का, गौरी मल्ल र करिश्मा मानन्धरलाई ’चलचित्र विशेष व्यक्तित्व सम्मान २०८०’ प्रदान गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मानित व्यक्तिहरूलाई सम्मान पत्र र दोसल्लाले विभूषित गरेका थिए ।
कार्यक्रममा संस्थाको प्रथम साधारण सभापछि नयाँ कार्यसमिति समेत गठन भएको छ । आईएनएनएफ केन्द्रीय समितिको अध्यक्षमा लव प्याकुरेल र उपाध्यक्षमा मानबहादुर थापा, प्रदीप लाल श्रेष्ठ र लक्ष्मण सुवेदी निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा रमेश कोइराला, सचिवमा भीष्मराज फुलारा र कोषाध्यक्षमा ठण्डबहादुर अधिकारीले जिम्मेवारी पाएका छन् । त्यसैगरी सदस्यमा राधेश्याम विश्वकर्मा, गणेश सुवेदी, विनोद चौलागाईं र मधु अधिकारी निर्वाचित भएका छन् ।
कार्यक्रममा ‘सिमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया पनि गरिएको थियो । चलचित्रकर्मी, उद्योग विज्ञ र सरोकारवालाहरूबीच नेपाली चलचित्र नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यको लागि कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष प्याकुरेलले बताए ।
अन्तरक्रियामा सहभागीहरूले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सरकार र चलचित्रकर्मीबीच ठोस योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिए । प्रमुख वक्ता चर्चित अभिनेता नीर शाहले नेपाली चलचित्र उद्योगलाई थप विकासका लागि आफ्नो कमजोरी पत्ता लगाएर आत्मपरीक्षण गर्न आग्रह गरे ।
कार्यक्रममा कृष्ण मल्ल, तीर्थ थापा, शान्ति प्रिय, जनकदीप पराजुली, श्रीदेव बीएल, समीर बलामी, उत्तम के.सी., पुकार भट्टराई, रामेश्वर बुर्लाकोटी, नरेश पौडेल, ऋषि लामिछाने, शुष्मा कार्की, रोशनी के.सी., मनोज के.सी., दिनेश के.सी., अमर वोली, विक्रान्त बस्नेत, राजेन्द्र बजगाईं, बसन्त अधिकारी, रघुनाथ सापकोटा, पवन के.सी., संजय खतिवडा, माधव खरेल, गीता अधिकारी, मुक्ति श्रेष्ठ, निर्जला अधिकारीलगायत चलचित्र क्षेत्रका कलाकार र प्राविधिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमले नेपाली चलचित्र समुदायको एकता र ऐक्यबद्धता, सामूहिक उत्सवको भावना र उद्योगको प्रगतिप्रति प्रतिबद्धतालाई बढावा दिने विश्वास गरिएको छ ।
२६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी...
२६ कार्तिक, हेटौंडा । कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलश भुसाल रिहा भएका छन्। समाजको शान्ति...
२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती...
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...
२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...
२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, गण्डकी प्रदेश...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
१२ कार्तिक, सल्लेरी। सोलुखुम्बुको लोबुचेमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान पर्यटक लिन...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
१४ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य थयावत राखेको छ...
१४ कार्तिक, हेटौंडा । बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय...
१४ कार्तिक, हेटौंडा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । नेपाल...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...


















