२८ पुस, हेटौँडा । हेटौडा उपमहानगरपालिकाको नगरस्तरीय आधारभुत तहका विद्यालयका १३ प्रतिशत विद्यार्थीले परिक्षा नदिने तथ्याङक सार्वजनिक भएको छ । शुक्रबार नगर स्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा जिल्ला शिक्षा कार्यालय मकवानपुरको सभाहलमा भएको “हेटौंडा उपमहानगरपालिका भित्रका आधारभूत तहका सामुदायिक विद्याललयको स्तर सुधारमा हाम्रो भुमिका“ विषयक अन्तरक्रिया कार्यक्रममा स्रोत व्यक्ती केशव सञ्जेलले तथ्याङक कार्यपत्रमा प्रस्तुत गर्दै आधारभुत तहका विद्यालयका १३ प्रतिशत विद्यार्थीले परिक्षा नदिने गरेको जानकारी दिए ।
त्यसैगरी काठमांडौ विश्वविद्यालयका प्रध्यापक डा. वासुदेव सुवेदीले प्रधानाध्यापकहरु माझ विद्यालयको सुरक्षा शिक्षण सिकाई, अन्तर व्यक्ति सम्बन्ध, सहभागितात्मक तथा स्रोतपूर्ण विद्यालय वातावरण, नेतृत्व तथा व्यावसायिक सम्बन्धको विषयका चर्चा परिचर्चा गरेका थिए । उनले शिक्षकहरुलाई सिकाईमुलक शिक्षामा लाग्न आग्रह समेत गरेका छन । त्यस्तै, परिक्षा नियन्त्रण कार्यालय भक्तपुरका उप निर्देशक डा. तोयानाथ खनालले विद्यालयको स्तर सुधारका लागि शैक्षणिक नेतृत्व हुनुपर्ने बताए । विद्यालयको स्तर सुधार गर्न विभिन्न प्रयासहरु मध्ये सकारात्मक चिन्तन, प्रतिवद्धता, प्रयास को थालनी गर्न सकियो भने सुधार हुने खनाले बताए ।
मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौडाका उप निर्देशक बद्री बहादुर पाठकले नगर स्तरका विद्यालयको सुधारका लागि पहिला शिक्षकहरु नै लाग्नु पर्नेमा जोड दिए । नगरस्तरिय शैक्षिक समन्वय समितिका अध्यक्ष गणेश प्रसाद हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, उप मेयर मिना लामा, जिल्ला शिक्षा कार्यालयका प्रमुख बद्रीनारायण भट्टराई, नगरका सामुदायिक विद्यालयका प्रधानाध्यपकहरु, नगरका वडा अध्यक्षहरु, शिक्षकहरुको संघ संगठनहरुका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । हाल हेटौँडा नगरमा प्रावि, निमावि र मावि तहका १६४ विद्यालय रहको छ ।
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...


















