Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडा ११ मा नगर प्रमुख लामाद्वारा खेलमैदानको शिलान्यास

20240302_081551-1709434968.jpg

२० फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्र खेलाडी उत्पादन र खेल क्षेत्रको पुर्वाधार निर्माणमा चासो देखाउँदै आएकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौंडा–११ मा तिल्केश्वर खेल मैदानको शिलान्यास गरेकी छन् ।
चालु आर्थिक बर्ष २०८०÷०८१ मा उपमहानगरले बिनियोजन गरेको बजेट मार्फत निर्माण हुने मैदानको शनिवार नगर प्रमुख लामाले शिलान्यास गरेकी हुन् । उपमानगरले चालु आर्थिक बर्षमा छुट्याएको १५ लाख सहित उपभोक्ता तथा अन्य गरी १६ लाख ६७ हजार ८४९ रुपियाँको लागतमा आउँदो बैशाख सम्ममा निर्माण गर्ने लक्ष्य रहेको छ ।
नगर प्रमुख लामाले शिलान्यास गरेसँगै मैदान निर्माणको काम अघि बढ्ने निर्माण समितिका अध्यक्ष बिज्ञानकुमार नेपालले जानकारी दिए । उनका अनुसार मैदानको पश्चिम भागमा रहेका खाडललाई ग्याभिङ वाल लगाएर पुर्ने काम सँगै अहिलेका लागि भलिवल, टेबलटेनीस र फुटसल खेलमा लागि मैदानलाई व्यवस्थापन गरीने छ । 
मैदानको शिलान्यस गर्दै नगर प्रमुख लामाले उपमहानगरले खेल र खेलाडीका लागि आवश्यक बजेट छुट्याएर काम गरीरहेको बताइन् । उनले उपमहानगरले नगरका बिभिन्न वडाहरुमा रहेका मैदानलाई व्यवस्थित गर्नका लागि बजेट बिनियोजन गर्दै कामलाई अघि बढेको उल्लेख गर्दै पुर्वाधारको व्यवस्थापनमासँगै खेलाडी उत्पादनमा पनि उपमहानगरको जोड रिहेको उनको भनाई छ ।
मैदान शिलान्यास कार्यक्रममा हेटौंडा ११ का वडा अध्यक्ष जुना दाहालले अहिले प्रारम्भ भएको मैदानको कामलाई अघि बढाउन आवश्यक सहयोग गर्ने बताइन् । अहिले नगरबाट आएको बजेटबाट काम थालिएका भएपनि आगामि समयमा वडाको पनि समन्वय र सहकार्य रहने उनले बताइन् । यसरी मैदान निर्माण गर्न सके वडाबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाई थियो ।
मैदान निर्माण समितिका अध्यक्ष नेपालको अध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा–११ का वडा सदस्यद्धय संजय विडारी, बिकास नेपाल, डाङडुङ्गे सामुदायीक बनका अध्यक्ष सालिकराम पुडासैनी, टोल बिकास सस्था नगर समन्वय समितिका उपमहानसचिब देबकुमार श्रेष्ठ, टोल बिकास सस्था वडा समन्वय समितिका संयोजक यज्ञबहादुर आचार्य भैरबकुञ्ज टोल विकास सस्थाका अध्यक्ष मेघनाथ रेग्मी लगाएतको आथिथ्यता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार