Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रदेशस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न

xx-1709858997.jpg

२५ फागुन, हेटौंडा । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीबार हेटौंडामा माध्यमिक तहको प्रदेशस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । हेटौंडा ४ स्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पन्न प्रदर्शनीमा प्रदेशका विभिन्न पालिकाबाट प्रतिस्पर्धा गर्दै जिल्लास्तरमा छनौट भएका प्रदेशका ११ जिल्लाका विद्यालयहरुको सहभागीता रहेको थियो ।
प्रदर्शनीमा सिद्धिगणेश मावि सिन्धुपाल्चोक प्रथम, बालजागृति अङ्ग्रेजी माध्यम बोर्डिङ स्कुल, हेटौंडा द्धितीय, स्काइराइडर मावि चितवन तृतीय र वेस्ट विङ मावि ललितपुर सान्त्वना भएका थिए । प्रथम, द्वितिय, तृतिय र सान्त्वना भएका विद्यालयलाई कार्यक्रमकी प्रमुख अतिथि प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले क्रमशः नगद १५ हजार, १३ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्रबाट पुरस्कृत गरिन् । 
कार्यक्रम शिक्षा विकास निर्देशनालयका निर्देशक दिपेन्द्र सुवेदीको सभाध्यक्षता र सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो ।  कार्यक्रममा सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा प्रमुख गोपाल प्रसाद कँडेल, शारदा कुमारी मैनाली, देवनारायण चौधरी, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईँ, पवित्रा तिमल्सिना, विद्यायलका शिक्षक अभिभावक संघ अध्यक्ष केदार ढोडारी लगायत आधुनिक विद्यालयका सहायक प्रधानाध्यापक मालती पोख्रेल, राजेन्द्र ठकुरी र एघार–बाह्र कोअर्डिनेटर राजाराम पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।
प्रदर्शनकीको मूल्याङ्कन समितिमा वनविज्ञान अध्ययन संस्थानका जीवविज्ञानका प्राध्यापक रामायण पाठक, मकवानपुर बहुमुखी क्याम्पसका भौतिक शास्त्रका प्राध्यापक लेखनाथ पौडेल र हेटौँडा स्कुल अफ मेनेज्मेन्टका रसायन विज्ञानका प्राध्यापक राजकुमार सञ्जेल रहेका थिए । कार्यक्रमको सहजीकरण आधुनिक राष्ट्रिय माविका विज्ञान शिक्षक सुवास खनालले गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार