३० पुस, हेटौँडा । रत्ना, कर्णा र कौशबाहीको संगम स्थल हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा सोमबारदेखि मकर मेला लाग्ने भएको छ । माघ १ गते माघे संक्रान्तिदेखि एक महिने मकर मेला लाग्ने भएको हो । मेलामा यो बर्ष वाचन शिरोमणी बेदान्तचार्य सुभद्रा नेपाललगायत बिभिन्न गुरुहरुले कथा वाचन गर्ने भएका छन् ।
माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्ध क्षेत्र, पाण्डबहरुले श्राद्ध तर्पण गरेको, अम्बरीष राजाले भगवान बिष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएको लगायत बिभिन्न रोगहरु निदान भएको धर्म शास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको कुष्माण्ड सरोबर त्रिवेणी धाम बिकास समितिका अध्यक्ष ईश्वरी न्यौपानेले जानकारी दिए । तिनवटा नदिहरुको संगमस्थलका साथै उत्तरबाहिनी नदिका कारणपनि यस क्षेत्रमा आएर गरीने स्नान पनि बिशेष रहेको छ ।
समितीका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेको संयोजकत्वमा ५ सय १ सदस्यीय मेला मूल आयोजक कमिटी गठन गरी यस अघि नै तयारीलाई तिब्रता दिइएको थियो । मेलालाई व्यवस्थित बनाउन कार्यसमितीका सदस्यहरुको संयोजकत्वमा १३ वटा उपकमिटी समेत सक्रिय भइरहेको छ । प्रचारप्रसार उपसमितीको संयोजकमा तारा लामिछाने, सजावट समितीमा सुरज कुईकेल, बिद्युत÷माईक व्यवस्थापन उपसमितीमा शिवप्रसाद धिमाल, भान्छा तथा भण्डारण व्यवस्थापनमा कृष्ण नेपाल, अतिथी सत्कार व्यवस्थापनमा तिलकप्रसाद दुलाल, पुजा ब्यवस्थापनमा ज्ञानु कुवंर, भजनकिर्ततनमा रामप्रसाद सुवेदी, प्रसाद वितरण व्यवस्थापनमा रुपा लुईटेल, संहिदा र स्वयंसेवक व्यवस्थापनमा कमल सापकोटा, सरसफाईमा हरि गौतम र सामान खरिदमा रामजी दाहालसहितको समितिको तयारी सकिएको समितिले जनाएको छ ।
मेला सम्पन्न गर्न करीब ५ लाख खर्च हुने समितिले अनुमान गरेको छ । एक महिने मकर मेलामा यस बर्ष अग्नीमहापुराण कथा प्रबचन हुनेछ । कार्यक्रम अनुसार माघ २९ गते बटुकहरुको सामुहिक ब्रतबन्ध पनि रहेको छ । त्यसैगरी प्रत्येक दिन बिहान पाठपारायण नित्य पुजा तथा कथा प्रबचन हुनेछ भने माघ २ गते औशीको दिन गंगा आरती, २८ गते लक्षवर्ती प्रज्ज्वलन, २९ गते तिलार्चन प्रसादी बितरणको कार्यक्रम रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । यसैगरी यसबर्षबाट कुष्माण्ड भगवतीको दर्शन गर्न कुष्माण्ड सरोबरमा डुंगाको समेत ब्यबस्था गरीएको अध्यक्ष न्यौपानेल बताए ।
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...


















