Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा १८ आगालागी पिडितलाई हेटौंडा उपमहानगरको राहत सामग्री

FB_IMG_1710687006939-1710687134.jpg

४ चैत,हेटौंडा ।  डँडेलोका कारण हेटौंडा १८ सुकौरामा घर,लत्ताकपडा, अन्नपात गुमाएको परिवारलाई  हेटौंडा उपमहानगरपालिकाले राहत सामग्री प्रदान गरेको छ । आइतबार दिउँसो राहत सामग्री लिएर नगर प्रमुख मीनाकुमारी लामा आगलागी परिवारको गाउँमै पुगेकी छन् । उपमहानगर क्षेत्रमा रहेपनि भौगोलिक हिसाबले निकै बिकट रहेको हेटौंडा–१८ सुकौंरामा नगर प्रमुख राहत सामग्री सहित पुगेकी हुन् ।

शनिवार दिउँसो घर नजिकैको पाखो डाँडामा लागेको डँडेलो हावाका कारण गोठमा सल्केको र पछि घरमा सल्कदा सुकौंरामा बसोबास गर्दै आएका मदनकुमार तामाङ बलको घरगोठ नष्ट भएको थियो । चार सन्तानका बाबु रहेका तामाङ एक छोरा सहित गोठालो गएको र उनको श्रीमति मेलामा गएको समयमा लागेको आगोले उनको घरगोठ सहित खाध्यान्ह र लत्ताकपडा जलेर नष्ट भएको थियो ।

पिडितको घरमा पुगेकी नगप्रमुख लामाले घर निर्माणको लागि नगप्रहरीले सहयोग गर्ने बताउँदै अहिलेका लागि दैनिक गुजाराको र बसोबासका लागि आवश्यक सामग्री ल्याएको र अन्य सहयोग आवश्यक भए उपमहानगरले सम्बोधन गर्ने बताइन् ।

उपमहानगरबाट सिरक, डस्ना, खाध्यान्ह, आवश्यक भाडाकुडाँ, त्रिपाल सहितको सामग्री पिडित तामाङको परिवारलाई हस्तान्तरण गरिएको छ । यस्तै घर निर्माणका लागि जस्तापाता पनि दिइएको उपमहानगरपालिकाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार