Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रोट्रयाक मकवानपुरको मनकारी कार्य         

घ्याङसिङटारका ९६ विद्यार्थीलाई स्वीटर वितरण

sweater-1515936435.jpg

३० पुस, हेटौँडा । रोट्रयाक क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १  घ्याङसिङटार रहे को सरस्वती प्राविका  ९६ जना बिद्यार्थीलाई आज स्वीटर वितरण गरेको छ  ।

चिसो मौसमको कारण बिद्यार्थीहरु बिद्यालय आउने समस्य परेकोले  रोट्रयाक क्लब अफ मकवानपुरले विभिन्न सहयोगी दाताहरुको सहयोगमा स्वीटर वितरण गरेको क्लबका अध्यक्ष विजय पौडेलले बताए  । 
स्वीटर वितरण कार्यक्रममा बोल्दै हेटौडा वडा १ का अध्यक्ष सविन न्यौपानेले  हेटौडा नगरको भएता विकट लाग्ने यो वस्तीमा रहेका  बालबालिकाहरुलाई स्विटर वितरण गरि बालबालिकालाई विद्यालय जाने वातावरण गरेको भन्दै क्लबलाई धन्यवाद दिदै आगामी दिन हरुमा यस्ता कार्यक्रमहरुको आयोजना गरिने  बताए । 
 त्यस्तै, निमार्ण व्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुलीले  शिक्षा क्षेत्रको विकासमा निमार्ण व्यवसायी संघले  सधै  सहयोग गर्ने बताए । यता विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लवाङ सिन्तानले  हेटौँडा नगर भित्रै रहेको यस क्षेत्रमा जनजातीहरुको बाहुल्यता रहेको र  अहिले सम्म कुनै संघसंस्थाले विद्यालयमा सहयोग नगरेको बताउदै रोट्रयाक क्लब अफ मकवानपुरलाई धन्यवाद दिए  ।  हेटौंडा भेट्रान्स मकवानपुर, पौडेल दाना उद्योग, प्रतिमा श्रेष्ठ, राजबाबु श्रेष्ठ, कृष्ण खतिवडा,  खेमराज काफले, सागर कटुवालले स्वीटर सहयोग गरेका थिए । 

क्लबका अध्यक्ष विजय पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिका वडा नम्बर  १ का अध्यक्ष सविन न्यौपाने , निमार्ण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य प्रतिमा श्रेष्ठ,समाजसेवी शिव थापा, कलाकार राजुबाबु श्रेष्ठ, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लवाङ सिन्तान, विद्यालयका प्रधानध्यापक सुदर्शन पौडेल घ्यान्सिङटारका विद्यार्थीका अभिभावक, शिक्षक लगायतको उपस्थिती रहेको थियो 

sweater-2-1515936436.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार