Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रोट्रयाक मकवानपुरको मनकारी कार्य         

घ्याङसिङटारका ९६ विद्यार्थीलाई स्वीटर वितरण

sweater-1515936435.jpg

३० पुस, हेटौँडा । रोट्रयाक क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १  घ्याङसिङटार रहे को सरस्वती प्राविका  ९६ जना बिद्यार्थीलाई आज स्वीटर वितरण गरेको छ  ।

चिसो मौसमको कारण बिद्यार्थीहरु बिद्यालय आउने समस्य परेकोले  रोट्रयाक क्लब अफ मकवानपुरले विभिन्न सहयोगी दाताहरुको सहयोगमा स्वीटर वितरण गरेको क्लबका अध्यक्ष विजय पौडेलले बताए  । 
स्वीटर वितरण कार्यक्रममा बोल्दै हेटौडा वडा १ का अध्यक्ष सविन न्यौपानेले  हेटौडा नगरको भएता विकट लाग्ने यो वस्तीमा रहेका  बालबालिकाहरुलाई स्विटर वितरण गरि बालबालिकालाई विद्यालय जाने वातावरण गरेको भन्दै क्लबलाई धन्यवाद दिदै आगामी दिन हरुमा यस्ता कार्यक्रमहरुको आयोजना गरिने  बताए । 
 त्यस्तै, निमार्ण व्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुलीले  शिक्षा क्षेत्रको विकासमा निमार्ण व्यवसायी संघले  सधै  सहयोग गर्ने बताए । यता विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लवाङ सिन्तानले  हेटौँडा नगर भित्रै रहेको यस क्षेत्रमा जनजातीहरुको बाहुल्यता रहेको र  अहिले सम्म कुनै संघसंस्थाले विद्यालयमा सहयोग नगरेको बताउदै रोट्रयाक क्लब अफ मकवानपुरलाई धन्यवाद दिए  ।  हेटौंडा भेट्रान्स मकवानपुर, पौडेल दाना उद्योग, प्रतिमा श्रेष्ठ, राजबाबु श्रेष्ठ, कृष्ण खतिवडा,  खेमराज काफले, सागर कटुवालले स्वीटर सहयोग गरेका थिए । 

क्लबका अध्यक्ष विजय पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिका वडा नम्बर  १ का अध्यक्ष सविन न्यौपाने , निमार्ण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य प्रतिमा श्रेष्ठ,समाजसेवी शिव थापा, कलाकार राजुबाबु श्रेष्ठ, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लवाङ सिन्तान, विद्यालयका प्रधानध्यापक सुदर्शन पौडेल घ्यान्सिङटारका विद्यार्थीका अभिभावक, शिक्षक लगायतको उपस्थिती रहेको थियो 

sweater-2-1515936436.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार