६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी ४ नम्बर वडाध्यक्ष नविन सिग्देलले लिएका छन् ।
गत पुस २९ गते अभिभावक भेला भएता पनि धेरै जना आकांक्षी भएपछि विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको थिएन । त्यसबेला २ जना खुलातर्फको सदस्यको लागि १४ जना र २ जना महिलातर्फका सदस्यको लागि २० जनाको उम्मेदवारी परेपछि अभिभावकबाट विद्यालय व्यवस्थापन समिति सदस्य चयनमा हुन नसकेको हो ।
आवश्यक छलफलपछि सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समितिले नयाँ समिति चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा गोमा सुनुवार, रिमा श्रेष्ठ, कृष्ण प्रसाद कँडेल, नारायण प्रसाद तिमल्सिना, राजेन्द्र बस्ताकोटी र राधिका चौंलागाई रहेका छन् । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिग्देलले विद्यालयको समग्र विकासमा आफूले कुनै सम्झौता नगर्ने बताए ।
उनले आगामी दिनमा शिक्षाको गुणस्तर वृद्धि गर्न उदाहरणीय काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै विद्यालयका पूर्वप्रधानाध्यापक डेण्टी जंग शाहको स्मृतिमा विद्यालयमा डेण्टी स्मृति कोषको स्थापना गरिनेसमेत अध्यक्ष सिग्देलले घोषणा पनि गरेका छन् ।
सुरुवातमा १० लाख रुपैयाँ रकम कोषमा जम्मा गरिने र पछि रकम विस्तार गरीदै लगिने अध्यक्ष सिग्देलले बताए । कोषबाट विद्यालयका गरीब जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनको योजना छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...


















