Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भुटनदेवी माविको नेतृत्वमा वडाध्यक्ष सिग्देल

nn-1710845089.jpg

६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी ४ नम्बर वडाध्यक्ष नविन सिग्देलले लिएका छन् । 
गत पुस २९ गते अभिभावक भेला भएता पनि धेरै जना आकांक्षी भएपछि विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको थिएन । त्यसबेला २ जना खुलातर्फको सदस्यको लागि १४ जना र २ जना महिलातर्फका सदस्यको लागि २० जनाको उम्मेदवारी परेपछि अभिभावकबाट विद्यालय व्यवस्थापन समिति सदस्य चयनमा हुन नसकेको हो । 
आवश्यक छलफलपछि सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समितिले नयाँ समिति चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा गोमा सुनुवार, रिमा श्रेष्ठ, कृष्ण प्रसाद कँडेल, नारायण प्रसाद तिमल्सिना, राजेन्द्र बस्ताकोटी र राधिका चौंलागाई रहेका छन् । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिग्देलले विद्यालयको समग्र विकासमा आफूले कुनै सम्झौता नगर्ने बताए । 
उनले आगामी दिनमा शिक्षाको गुणस्तर वृद्धि गर्न उदाहरणीय काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै विद्यालयका पूर्वप्रधानाध्यापक डेण्टी जंग शाहको स्मृतिमा विद्यालयमा डेण्टी स्मृति कोषको स्थापना गरिनेसमेत अध्यक्ष सिग्देलले घोषणा पनि गरेका छन् ।
सुरुवातमा १० लाख रुपैयाँ रकम कोषमा जम्मा गरिने र पछि रकम विस्तार गरीदै लगिने अध्यक्ष सिग्देलले बताए । कोषबाट विद्यालयका गरीब जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनको योजना छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार