Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

साहित्य संगम मकवानपुरद्वारा शनिवार ७ जना श्रष्टा सम्मानित

Capture-1711198575.JPG

१० चैत, हेटौंडा । मकवानपुरको अग्रणी साहित्यीक संस्था साहित्य संगम मकवानपुरले शनिवार साहित्य क्षेत्रमा योगदान पु¥याएका ७ जना श्रष्टाहरुलाई सम्मान गरेको छ ।
संगमले मकवानपुर साहित्यश्री सम्मान २०८० बाट साहित्यकार इन्दजित शर्मा चौलागाईंलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ । संगमका पूर्व उपाध्यक्ष समेत रहेका चौलागाईंलाई तत्कालीन जिल्ला विकास समिति, मकवानपुर र साहित्य संगम मकवानपुरले संयुक्त रुपमा स्थापना गरेको मकवानपुर साहित्यश्री सम्मानबाट सम्मानित गरिएको हो । 
यस्तै, १५ हजार ५ सय ५ रुपैयाँ राशीकै भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८० बाट कवि कल्पना काफ्लेलाई सम्मानित गरिएको संगमका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । उक्त पुरस्कार साहित्यकार विशाल अधिकारीले आफ्ना पिताको स्मृतीमा स्थापना गरेका हुन् ।
मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मानबाट साहित्यकार भावना सापकोटा, शुभद्रादेवी–मदन मुडवरी स्मृति सम्मान कवि तथा गजलकार विश्वनाथ सञ्जेल, रामहरि–देव सम्मानबाट किशन पौडेल, मुक्ति–तारा सम्मानबाट मकवानपुरका हाँस्यव्यंग्यकार सानुभाइ विश्वकर्मा सम्मानित भएका छन् । सम्मानित व्यक्तित्वहरुलाई पुरस्कार स्वरुप जनही १०÷१० हजार नगद राशिसमेत प्रदान गरिएको छ ।
यसैगरी विनोद–सुनिता सुवेदी साहित्य सम्मान ललितपुरका कवि तथा निबन्धकार श्रीराम पाण्डेलाई प्रदान गरिएको छ । कविता र निबन्ध क्षेत्रमा सक्रिय पाण्डेलाई नगद ११ हजार पुरस्कार राशिसहित सम्मान गरिएको छ । साहित्यकार पाण्डेले पुरस्कार स्वरुप प्राप्त गरेको नगद ११ हजार रुपैयाँ साहित्य संगम मकवानपुरको अक्षय कोषमा सहयोग सहयोग गरेको अध्यक्ष बर्तौलले जानकारी दिए ।
साहित्य संगम मकवानपुरका अध्यक्ष बर्तौलाको सभाध्यक्षता एवं वरिष्ठ समहित्यकार निर्मोही ब्यासको प्रमुख आतित्थ्यतामा भएको पुरस्कार वितरण तथा सम्मान समर्पण कार्यक्रममा सम्मानित स्रष्टाहरुले आफ्ना रचना वाचन समेत गरेका थिए ।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार