Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कुष्माण्डमा मकर मेला शुरु​​​​​​​

Kusmanda-1516024910.jpg


१ माघ, हेटौँडा । हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा आज बाट एक महिने मकर मेला शुरु भएको छ । रत्ना, कर्णा र कौशबाहीको संगम स्थलमा कुष्माण्ड सरोबर त्रिबेणीधाम बिकास समितिको आयोजनामा हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा माघ महिनाभरका लागि मेला शुरु भएको हो । 
एक महिने मकर मेलामा यो बर्ष वाचन शिरोमणी बेदान्तचार्य सुभद्रा नेपाललगायत बिभिन्न गुरुहरुले कथा वाचन गर्ने छन् । मेलाको सुरुवातमा आज ५ हजार बढि भक्तजनहरुले दर्शन गरेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए । त्यसैगरी भक्तजनहरुबाट स्वतस्फूर्त रुपमा ९५ हजार नगद सहयोग प्राप्त भएको छ । मेलामा बिशेष गरी १०८ गौमुखी धारामा स्नान गर्ने भक्त जनहरुको बिषेश भिड लागेको थियो । 
माता  कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्ध क्षेत्र, पाण्डबहरुले श्राद्ध तर्पण गरेको, अम्बरीष राजाले भगवान बिष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएको लगायत बिभिन्न रोगहरु निदान भएको धर्म शास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । तिनवटा नदिहरुको संगमस्थलका साथै उत्तरबाहिनी नदिका कारणपनि यस क्षेत्रमा आएर गरीने स्नान पनि बिशेष रहेको छ । 
एक महिने मकर मेलामा यस बर्ष अग्नीमहापुराण कथा प्रबचन हुनेछ । कार्यक्रम अनुसार माघ २९ गते बटुकहरुको सामुहिक ब्रतबन्ध पनि रहेको छ । त्यसैगरी प्रत्येक दिन बिहान पाठपारायण नित्य पुजा तथा कथा प्रबचन हुनेछ भने माघ २ गते औशीको दिन गंगा आरती, २८ गते लक्षवर्ती प्रज्ज्वलन, २९ गते तिलार्चन प्रसादी बितरणको कार्यक्रम रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।  यसैगरी यसबर्षबाट कुष्माण्ड भगवतीको दर्शन गर्न कुष्माण्ड सरोबरमा डुंगाको समेत ब्यबस्था गरीएको अध्यक्ष न्यौपानेले बताए ।  मेलामा बारा, पर्सा, सर्लाही, रौतहट, चितवन, काठमाण्डौ, नबलपरासी, सिन्धुलीलगायत बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु दर्शनार्थ आएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार