Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

आईपिएलमा चेन्नई सुपर किंगको दोस्रो जित

CSK-GT-5-1711504790.jpg

१४ चैत, हेटौंडा । भारतमा जारी आईपिएलमा चेन्नई सुपर किंगले दोस्रो खेलमा जित हासिल गरेको छ । गएराति भएको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो पटक जित हासिल गरेको हो । 
मंगलबार राति दोस्रो खेलमा गुजरातले टस जितेर फिल्ड रोजेपछि चेन्नईले सुरुमा ब्याटिङ गरेको थियो । ६ विकेटको क्षतिमा चेन्नईले गुजरातलाई २०७ रनको विशाल लक्ष्य दियो । चेन्नईका लागि शिवम दुबेले अर्धशतक बनाए । उनले २३ बलमा ५ छक्काको मद्तमा ५१ रन जोडे। कप्तान रुतुराज गायकवाड र रचिन रविन्द्रको समान ४६/४६ रनको मद्दतमा चेन्नईले २०६ रन बनाएको हो ।
गुजरातका लागि रासिद खानले दुई विकेट लिए भने साई किशोर, स्पेन्सर जानसन र मोहित शर्माले समान १/१ विकेट हात पारे।
२०७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ऋद्धिमान साह र डेभिड मिलरले समान २१/२१ रन बनाए। गुजरातका कप्तान शुभमन गिल ५ बलमा ८ रन बनाएर आउट भएपछि उसको ब्याटिङ लाइन धरापमा परेको थियो।
गुजरातलाई सस्तैमा समेट्न चेन्नइका लागि दिपक चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपाण्डेले समान २/२ विकेट लिए भने डेरिल मिचेल र माथीशा पाथिरानाले १/१ विकेट हात पारे। चेन्नई आईपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
यसअघि, उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रदर्शनमा घाइते भएका राप्रपा नेताको निधन
RPP-1713160365.jpg

३ बैशाख, काठमाडौं । राप्रपाले काठमाडौंमा चैत २७ गते गरेको प्रदर्शनमा घाइते भएका राप्रपाका एक नेताको निधन भएको छ ।...

मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट बोटे घाइते
rhino-cc-1713153736.jpg

३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन्। आइतबार बिहान मनहरी ७ मनहरी...

नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश
Screenshot_20240415_09204-1713152150.jpg

३ बैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे...

उदाउँदो सूर्यलाई अर्घ्य दिई चैती छठ सम्पन्न
Screenshot_20240415_09074-1713151378.jpg

३ बैशाख, काठमाडौं । मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ...

अर्थमन्त्री पुन आज बिहान अमेरिका प्रस्थान
Screenshot_20240415_08574-1713150787.jpg

३ बैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-1713149718.jpg

३ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली,...

चौघडा बचतको स्थापना दिवस :आज विविध कार्यक्रम, सोमबार रक्तदान
FB_IMG_1713108070867-1713108082.jpg

२ बैशाख, हेटौडा । हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवस विविध...

हावाहुरीले हेटौंडा १३ स्थित ४ घरमा क्षती
Screenshot_20240414_20502-1713107185.jpg

आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...

हेटौंडा १३ मा चट्याङ लागेर ठुलीमाया घाइते
Screenshot_20240412_11240-1713106193.jpg

२ बैशाख, हेटौंडा। आइतबार दिउँसो हावाहुरी सहित परेको चट्याङ लागेर हेटौंडामा एक महिला घाईते भएकी छिन्।चट्याङ्...

थप समाचार