Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा

शिक्षा र स्वास्थ्यलाई प्राथमिता दिइने

ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् । हेटौंडा उपमहानगरपालिकाले नगरको बिकासका लागी योजना छनौटमा नगरवासीको प्रत्येक्ष सहभागीता बढाउँन वडा स्तरबाटै योजना छनौटकोका लागी बुधबार हेटौंडा १ मा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले सडक निर्माण, स्ल्याब ढलान जस्ता पुर्वाधार निर्माणको कामलाई कटौंती गर्दै आगामि आर्थिक बर्षको बजेट शिक्षा र स्वास्थ्य केन्द्रित भएर ल्याइने बताइन् । मेयर लामाले आगामि आर्थिक बर्षलाई शैक्षिक बर्षको रुपमा मनाउँने लक्ष्य रहेको भन्दै उनले शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राखेर काम गर्न खोजेको स्पष्ट पारिन् ।
बिकासको काम गर्दै गर्दा नगरवासीको आर्यआर्जन र दिगो बिकासलाई पनि ध्यान दिने उनको दावी छ । नगर क्षेत्र भित्रको बाँझो जमिनबाट कसरी नियमित आय गर्न सकिन्छ भन्ने बिषयमा अध्ययन गरेर जनतलाई आर्थिक फाईदा हुने उपायको खोजि गरीने पनि बताइन् । 
यस्तै उपमेयर राजेश बानियाँले नगरलाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्दै गर्दा जनताले दिएको सुझावलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले नगरका सबै भागको भावनालाई समेटेर अघि बढ्नुपर्ने भएकाले सबै ठाउँको एउटै खाले माग नहुँने हुँदा नगरवासीको आवस्यकतालाई ध्यानदिएर काम गर्ने स्पष्ट पारे । 
हेटौंडा उपमहानगरपालिकाले नगरको बिकासका लागी योजना छनौटमा नगरवारीको प्रत्येक्ष सहभागीता बढाउँन वडा स्तरबाटै योजना छनौटको काम सुरु गरेको छ । उपमहानगरपालिकाले आर्थिक बर्ष ०८१÷०८२ को लागी बार्षिक योजना निर्माण गर्ने उद्देश्यले वडा स्तरबाटै योजना छनौटको काम सुरु गरेको हो । 
उपमहानगरपालिकाले सरोकारवालाहरुको उपस्थितिमा बुधबार हेटौंडा–१ मा सरोकारवालाहरुसँग छलफल तथा सुझाब संकलन कार्यक्रम गरेको छ । वडा तहबाटै आएको माग अनुसार काम गर्दा नगरको बिकासमा सबैको भावना समेटिने भएकाले नगरका १९ वटै वडाहरुमा योजना संकलनको काम हुने उपमहानगरका बित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपालले जानकारी दिए ।
आउँदो बर्ष बन्ने बजेटमा वडाहरुको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको उनको भनाई छ । 
बुधबार हेटौंडा १ मा भएको कार्यक्रममा स्थानियले खानेपानी, स्वास्थ्य, शिक्षा र पुर्वाधार बिकासमा जोड दिएका थिए । वडाको नकौली, ध्याङसिंटार, भैरवडाँडा सहितको माथिल्लो भेगमा खानेपानीको चरम समस्या रहेको भन्दै दैनिक छाक टार्ने पानिको व्यवस्थापनका लागि २÷३ घण्टा सम्म यात्रा गर्नुपर्ने स्थानीयको भनाई छ । 
हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधी, बिद्यालयका प्रधानाध्यापकहरु, टोल बिकास सस्थाका प्रतिधिनी, बाल समुहका संयोजकहरुको सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

थप समाचार