१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । यसका लागि पालिकाले प्राथमिक तहको विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेको हो ।
मनहरी गाउँपालिकामा रहेका १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापकसँग बिहीबार एक कार्यक्तमकाबीच कार्यसम्पादन सम्झौता गरेको हो । विद्यार्थीहरुको आधार बलियो बनाउने पहिलो खुड्किलो प्राथमिक तह रहेकोले तल्लो तहबाटै सुधारका लागि प्रोत्साहन सहितको कार्यक्रम अघि बढाएको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
विभिन्न १५ वटा बुँदाहरुमा स्वमुल्यांकन गरी पठाएको विवरणको आधारमा प्रोत्साहन रकम वितरण गरिने उनले बताए । ‘विद्यार्थीको शैक्षिक उपलब्धीलाई प्राथमिकतामा राखेर १५ वटा बुँदा तयार पारेका छौं’, कालाखेतीले भने, ‘स्वमुल्यांकन प्रतिशतका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने छौं ।’
कार्यसम्पादन सम्झौता अनुसार प्रधानाध्यापकले वार्षिक शैक्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण गर्नुपर्नेछ । विद्यालय सुधार योजना निर्माण, प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण र सामाजिक परीक्षण, सबै शिक्षकसँग शिक्षण सुधार करार गर्नुपर्ने, विद्यार्थी शिक्षक विवरण इएमआइएसमा अध्यावधिक गर्नुपर्ने, विद्यालयको समग्र नतिजा विश्लेषण लगायतका कार्य गर्नुपर्नेछ । यसैको आधारमा कार्यसम्पादन अंक प्राप्त हुनेछ ।
प्रधानाध्यापकको उपस्थिती, शिक्षक विद्यार्थीको आचारसंहिता तयार र विद्यार्थीको आन्तरिक मुल्यांकनका आधारमा पनि कार्यसम्पादन अंक प्राप्त गर्ने मनहरी गाउँपालिकाका सामाजिक विकास समिति संयोजक अनन्तप्रकाश अर्यालले बताए ।
गाउँपालिकाले तयार पारेको कार्यसम्पादन मुल्यांकन अनुसार ० देखि ४० प्रतिशत प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकले कुनै पनि रकम पाउने छैनन् । ४० देखि ६० प्रतिशत अंक प्राप्त गर्नेले २० हजार, ६० देखि ८० प्रतिशतले २२ हजार र ८० देखि १०० प्रतिशत कार्यसम्पादन अंक प्राप्त गर्नेले २४ हजार रकम प्राप्त गर्ने शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष कालाखेती र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको रोहबरमा शिक्षा शाखा प्रमुख पराजुली र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता भएको हो ।
कार्यसम्पादन सम्झौताले प्रधानाध्यापकहरु खुसी भएको र यसले शैक्षिक गुणस्तर समेत बढ्ने मनहरीका स्रोत शिक्षक विदुरविक्रम थापाले विश्वास व्यक्त गरे । गाउँपालिकाले शैक्षिक सुधारका लागि भन्दै यसअघि प्राथमिक तहका प्रधानाध्यापकको सरुवा गरेको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...


















