Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम गरि मनाइदै

1679378311-RacSf-1712542146.jpg

फाइल तस्बिर

२६ चैत, काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा मनाइँदैछ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास छ ।
राजतन्त्र रहँदासम्म नेपालमा घोडेजात्रा तीन दिन मनाइन्थ्यो । त्यतिबेला बसन्तपुरको कुमारी घरबाट जीवित देवी कुमारीलाई वीरताको प्रतीक घोडामा बसालेर टुँडिखेलमा ल्याइ पूर्ण सम्मानका साथ आशनग्रहण गराइन्थो। टुँडिखेलमा तत्कालिन शाही सेनाले २१ तोपको सलामी चढाउने चलन थियो । त्यसपछि  राजा, राजपरिवारका अन्य सदस्य, संवैधानिक अंगका प्रमुख, मन्त्रीगण, प्रहरी, सेनाहरूको ठूलो उपस्थितीमा घोडेजात्रा मनाइन्थ्यो  ।
हाल भने घोडेजात्रा एक दिनमै सकिन्छ। राष्ट्रपति लगायत गन्यमान्य व्यक्तित्वहरुले घोडेजात्राको अवलोकन गर्छन् । घोडेजात्राको दिन विहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा शुरु भएको जनाउ दिने गर्दछन् । यसरी जनाउ दिएपछी क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकाैशलहरूको प्रदर्शनी शुरु हुन्छ ।
नेवार समुदायको  “पाहाँचह्रे” पर्वको दोस्रो दिन पर्ने घोडेजात्राको नेवार समुदायमा छुट्टै महत्व छ, परम्परा अनुसार यस दिन काठमाडौं उपत्यकाका सर्वजातका केटाकेटीलाई एउटै लहरमा राखी मल: जा खुवाईन्छ । यसरी मल: जा खुवाउनाले केटाकेटीलाई रोग लाग्नबाट बचाउँछ भन्ने विश्वास गरिन्छ । यसदिन उपत्यकावासीले विवाहित छोरी र दिदीबहिनीहरूलाई माईतमा बोलाएर भोज खुवाउने पनि चलन रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ
IMG-20260718-WA0004-1784362365.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...

नागरिक अगुवा पाण्डेको निधन
pandey_E6KTKpXFW0-1784337079.jpg

२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।  पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784336513.jpg

२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
35442-1784302926.jpg

१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...

बागमतीका विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकियो
bagmati-pradesh-mukhyaman-1784279515.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने...

बागमतीमा मुख्यमन्त्रीले घटाए मन्त्रालय, ८ कायम
indra-baniya-1-(1)-1784273395.jpg

१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...

एमाले उपाध्यक्ष पौडेलसहित १६ जनाविरुद्ध मुद्दा दायर
Bishnu-Poudel_-468_edit_2-1784251865.jpg

१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...

थप समाचार