Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडाको गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता

df-1712624198.jpg

२७ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा उत्पादन भएको गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघुु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो । 
लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएपछि हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको हो । सोमबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरी सरकारी गुणस्तरको मान्यता प्राप्त भएको जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यमी बनेका महिलाहरुले व्यवसायिक रुपमा गुन्द्रुक उत्पादन गरेका हुन् । 
उद्योगले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी शहरमा विक्रीका लागि बाटो खुलेको छ । करिब ४ महिना लामो परीक्षण र निगरानी पश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए । 
उपमहानगरपालिकाको १ लाख रुपैयाँ बजेटबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृती पाएकोमा उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले खुसी व्यक्त गरिन् । नगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाएर  गुन्द्रुकको उत्पादनमा लागेको उनको भनाई छ । अनुज्ञापत्र नहुँदा बजारमा लैजान नपाएको अवस्थाको अन्त्य भएको भन्दै उनले खुसी व्यक्त गरिन् । 
अहिले पनि करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक स्टक रहेको बताइएको छ । अब बजारीकरणमा सबैको साथ आवश्यक रहेको उनीहरुको अपेक्षा छ । समूहमा रहेर १२ जनाले काम गरिरहेका छन् । असोजमा कामको लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । 
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले यहाँ उत्पादित गुन्द्रुकको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । सरकारी  गुणस्तरको मान्यता पाएपश्चात उद्यमी समूहलाई अनुज्ञापत्र हस्तान्तरण गर्दै उनले हेटौंडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् । उनले पहिलो चरणमा हेटौंडामा रहेको साना तथा ठूला होटलहरुमा यहाँको उत्पादनलाई राख्नका लागि पहल गर्ने र बाह्य जिल्लामा बिक्रीका लागि आन्तरिक पहल गर्ने आश्वासन दिएकी छिन् । 
स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्ययोजना अनुरुप मेयर लामाले मकवानपुरका होटल व्यवसायीसँग छलफल समेत गरेकी छिन् । छलफलमा होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिशगोबिन्द जोशीले मासिक १२ सय किलो गुन्द्रुक जिल्लामा खपत हुने गरेको र उक्त गुन्द्रुक बाहिरबाट ल्याउने गरेको बताए । हेटौंडामा उत्पादन भएको गुन्द्रुक बिक्रीका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

थप समाचार