२ बैशाख, हेटौडा । हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ ।
संस्थाले आइतबार संस्थाले ज्येष्ठ शेयर सदस्य सम्मान, बाल बचतकर्तालाई पुरस्कार वितरण र हेटौडा–६ मा रहेका विभिन्न सहकारी संस्था, टोल विकास संस्था र संघसंस्थाहरसँग विशेष सम्वाद कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य पूर्ण बहादुर राई, जीवकुमारी दंगाललाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै अन्य सदस्यहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो। त्यसैगरी बालबचत तर्फ आरिया राई र आर्दश थापालाई पुरस्कृत गरिएको थियो ।
स्थापना दिवसको अवसरमा सहकारीले वडा स्तरीय संस्थाहरुसँग सहकारी विशेष सम्वाद कार्यक्रम समेत सम्पन्न गरेको छ ।हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष विजय कुमार श्रेष्ठको सभाध्यक्षतामा सहकारी संवाद कार्यक्रम भएको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, सचिव अर्जुन प्रसाद हुमागाई, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, शान्तिटोल विकास संस्थाका अध्यक्ष केशव धिताल, गविी निवारण सहकारीका सचिव शरद श्रेष्ठ, सञ्चारकर्मी, कर्मचारी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो।स्थापनाको अवसरमा सोमवार संस्थाको कार्यालय, चौघडामा नवजीवन ज्योति क्लव र गुप्तेश्वरी टोल विकास संस्थाको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिने संस्थाले जनाएको छ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







