Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हैदरावादले दिल्लीलाई ६७ रनले हरायो

SunRisers-Hyderabad1vsDC_-1713659875.jpg

९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा ओपनर ट्रेभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले विजय हासिल गरेको छ। शुरुमा ब्याटिङ गरेर २६६ रन बनाएको हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो।
अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै २६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हैदरावादका लागि ओपनर हेडले सर्वाधिक ८९ रन बनाए। अभिषेक शर्मा ४६, नितिशकुमार रेड्डी ३७, हेनरिक क्लासेन १५ र अब्दुल समद १३ रनमा आउट हुँदा शाहबाज अहमद ५९ रनमा अविजित रहे।
दिल्लीका कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए भने मुकेश कुमार र अक्षर पटेलले १-१ विकेट हात पारे।
२६७ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्स १९ ओभर १ बलमा १९९ रन बनाएर अलआउट भयो। दिल्लीका लागि जेक फ्रेजर म्याकगुर्कले अर्धशतकीय इनिङ खेले। उनले ६५ रन बनाए। कप्तान ऋषभ पन्त ४४, अभिषेक पोरेलले ४२ रन बनाउँदा ओपनर पृथ्वी शाले १६ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।
दिल्लीलाई सस्तैमा समेट्न हैदरावादका लागि टि नटराजनले एक्लै ४ विकेट हात पारे। मयंक मार्कण्डे र नितिश कुमार रेड्डीले २-२ विकेट हात पार्दा भुवनेश्वर कुमार र वासिङ्टन सुन्दरले १-१ विकेट लिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार