१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई सम्मान गर्ने भएको छ । फरक विधामा ४ जनालाई राष्ट्रिय पुरस्कार र अन्य ७ जनालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्न लागेको हो ।
यस वर्षबाट सुरु गर्न लागेको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार सुनसरीका कुन्ता शर्मालाई, राष्ट्रिय संगीत पुरस्कार मकवानपुरका लाल श्रेष्ठलाई, राष्ट्रिय कला पुरस्कार मकवानपुरकै बि.एस.रानालाई र राष्ट्रिय पत्रकारिता पुरस्कार ललितपुरका जयदेव भट्टराईलाई प्रदान गरिने भएको छ । सबै पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।
मुक्तिगोविन्द बैद्यले स्थापना गरेको १५ हजार राशीको तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार मकवानपुरका मञ्जु खराललाई, विन्दुगोविन्द गोर्खालीले स्थापना गरेको ७ हजार ५०० राशीको भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरका ईशान्तकुमार मिश्रलाई र आशिष श्रेष्ठले स्थापना गरेको १५ हजार राशीको शिला नारी पुरस्कार मकवानपुरका निरु मगरलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए ।
चुनु बानियाँले स्थापना गरेको २० हजार राशीको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार मकवानपुरकी लोक गायिका पम्फा थापा मगरलाई, रामबहादुर पाख्रीनले स्थापना गरेको १५ हजार राशीको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार मकवानपुरे साहित्यकार आरआर चौलागाईंलाई, देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठले स्थापना गरेको १० हजार राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार मकवानपुरका सीमा मिश्रलाई र रोशन सेन गुप्ताले स्थापना गरेको १० हजार राशीको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी शिक्षिका अन्जु धिताललाई प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
वरिष्ठ कला साधक विरागको नाममा स्थापना गरिएको प्रतिष्ठानले वर्षेनी सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै आएको छ । भीम विराग राष्ट्रिय साहित्य, संगीत, कला र पत्रकारिता पुरस्कारका लागि हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।
२२ गते शनिबार दिउँसो १ बजे पल्पसा प्याराडाइजमा विशेष सांगीतिक तथा साहित्यिक कार्यक्रमकाबीच पुरस्कार तथा सम्मान प्रदान गरिने प्रतिष्ठानका महासचिव छवि अनित्यले जानकारी दिए ।
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२६ माघ, हेटौंडा । मकवानपुरगढी-२ मा रहेको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको २७ औं साधारणसभा सम्पन्न भएको छ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२६ माघ, हेटौंडा । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री...
२५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र...
२६ माघ, हेटौंडा। नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु प्रहरी नायव उपरीक्षक (डिएसपी) बढुवा...
२५ माघ, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर ३ पहिरो परेर ज्यान गुमाएको हेटौंडा–१२ का बालफुटबलर अनुपम...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...
१८ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले शुक्रबार मध्यरातिबाट लागु...