Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने

Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई सम्मान गर्ने भएको छ । फरक विधामा ४ जनालाई राष्ट्रिय पुरस्कार र अन्य ७ जनालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्न लागेको हो । 
यस वर्षबाट सुरु गर्न लागेको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार सुनसरीका कुन्ता शर्मालाई, राष्ट्रिय संगीत पुरस्कार मकवानपुरका लाल श्रेष्ठलाई, राष्ट्रिय कला पुरस्कार मकवानपुरकै बि.एस.रानालाई र राष्ट्रिय पत्रकारिता पुरस्कार ललितपुरका जयदेव भट्टराईलाई प्रदान गरिने भएको छ । सबै पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ । 
मुक्तिगोविन्द बैद्यले स्थापना गरेको १५ हजार राशीको तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार मकवानपुरका मञ्जु खराललाई, विन्दुगोविन्द गोर्खालीले स्थापना गरेको ७ हजार ५०० राशीको भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरका ईशान्तकुमार मिश्रलाई र आशिष श्रेष्ठले स्थापना गरेको १५ हजार राशीको शिला नारी पुरस्कार मकवानपुरका निरु मगरलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए । 
चुनु बानियाँले स्थापना गरेको २० हजार राशीको विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार मकवानपुरकी लोक गायिका पम्फा थापा मगरलाई, रामबहादुर पाख्रीनले स्थापना गरेको १५ हजार राशीको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार मकवानपुरे साहित्यकार आरआर चौलागाईंलाई, देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठले स्थापना गरेको १० हजार राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार मकवानपुरका सीमा मिश्रलाई र रोशन सेन गुप्ताले स्थापना गरेको १० हजार राशीको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी शिक्षिका अन्जु धिताललाई प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । 
वरिष्ठ कला साधक विरागको नाममा स्थापना गरिएको प्रतिष्ठानले वर्षेनी सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै आएको छ । भीम विराग राष्ट्रिय साहित्य, संगीत, कला र पत्रकारिता पुरस्कारका लागि हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको हो । 
२२ गते शनिबार दिउँसो १ बजे पल्पसा प्याराडाइजमा विशेष सांगीतिक तथा साहित्यिक कार्यक्रमकाबीच पुरस्कार तथा सम्मान प्रदान गरिने प्रतिष्ठानका महासचिव छवि अनित्यले जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

थप समाचार