२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताएका छन् । शनिबार गौरीटार अन्तर्राष्ट्रिय रंगाशाला परिसरमा क्रिकेट रंगशाला एवं स्विमिङ्ग पुलको शिलान्यास गर्दै उहाँले यस्तो बताएका हुन् ।
उनले खेलाडीहरुले खेल क्षेत्रमा लागेरनै आत्मनिर्भर हुने र जिविको पानर्जन गर्न सक्ने बाताबरण बनाउन आबश्यक रहेको बताए । देशलाई विश्वसामु चिनाउने खेलक्षेत्र भएको भन्दै विद्यार्थि र युवाहरुलाई खेल क्षेत्र संग जोड्न आवश्यक रहेको उनको भनाई छ । मुख्यमन्त्री जमकट्टेलले सरकारले प्रयाप्त बजेट रंगशाला निर्माणको लागि बिनियोजन गरेको भन्दै समयमै संरचना सम्पन्न गर्न निर्माण कम्पनिलाई निर्देशन समेत दिए ।
यस्तै क्रिक्रेट रंगशाला एवं स्विमिङ्ग पुलको शिलन्यास कार्यक्रममा बोल्दै बागमती प्रदेशकी सामाजिक विकाश मन्त्री कुमारी मोक्तानले रंगशालामा संरचनाहरु क्रमश थप्दै लैजाने बताईन् । खेल क्षेत्रमा पछिल्लो समय सबैको चासो बढिहेको देख्दा आफु खत्यन्त खुसि भएको उनको भनाई थियो ।
शिलन्यास कार्यक्रममा बोल्दै प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले रंगशाला हाताभित्र १९ वटा संरचनाहरु निर्माण गरीने जानकारी दिए । ति १९ वटा संरचनाहरु मध्ये फुटबल मैदान निर्माणको क्रममा रहेको र क्रिक्रेट रंगशाला एवं स्विमिङ्ग पुल चाँडै निर्माण हुने उनको भनाई छ । शिलन्यास गरिएको रंगशाला अन्तर्राष्ट्रिय नम्स अनुसार निर्माण हुन लागेको साथै आधुनिक प्रविधि युक्त रहने उनले बताए
बागमती प्रदेश सामाजिक विकाश मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले २१ करोडको लगानिमा गौरीटार अन्तर्राष्ट्रिय रंगाशाला परिसरमा क्रिक्रेट रंगशाला एवं स्विमिङ्ग पुलको निर्माण गर्न लागेको हो । जसमा १२ करोड क्रिक्रेट रंगशालामा र ९ करोड स्विमिङ्ग पुल निर्माणमा बजेट बिनियोजन गरीएको छ ।
शनिबार भएको शिलन्यास कार्यक्रममा सामाजिक विकाश मन्त्रालयका सचिब डा. भीष्म कुमार भुषाल, बागमती प्रदेश सभा सांसद प्रेम बहादुर पुलामि (छिन्तु), जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान लगाएतकाको आतिथ्यता रहेको थियो ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



