Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल

Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको छ । पालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको उपस्थितिमा संघले छलफलको आयोजना गरेको हो । 
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वको टोली गाउँपालिका पुगेर छलफल गरेको हो । संघका अध्यक्ष गुप्ताले मकवानपुरगढी गाउँपालिकाका किसान तथा कृषि उद्यमी लाभान्वित हुने अपेक्षासहित कृषि सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा कृषि उपजको समयमै ढुवानी आवश्यक रहेको, किसानले उचित बजार मूल्य नपाएको लगायतका विषय उठान भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बजार प्रवद्र्धन प्रभावकारी भएमा अर्गानिक कृषि उत्पादनले राम्रो बजार पाउने, मकवानपुरगढीमा खोलाको नजिक माछापालन सहित होमस्टेको सम्भावना रहेकाले लगानीकर्ता जुटेमा पालिकाले सहजिकरण गर्ने बताए । 
कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले आगामी आर्थिक वर्षबाट किसान परिचयपत्र प्रभावकारी रुपमा वितरण गर्ने, किसानको उद्यमलाई साना, मझौला र ठूला गरी वर्गीकरण गरिने जानकारी दिए । 
गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिनले किसान र उपभोक्ता दुवैले न्यायोचित मूल्य नपाएको, सहकारी संस्थाहरुमार्फत किसानका उत्पादन बिक्री गरिरहेको, कोदो, फापर, धान र जुनेलोको न्यूनतम समर्थन मूल्य तोकिनुका साथै किसानलाई प्रतिकिलो उत्पादनमा अनुदान प्रदान गरिरहेको जानकारी दिँदै आगामी वर्षबाट दूध किसानलाई अनुदान वितरण गरिने बताइन् । 
पालिकामा बुढीचौर तरकारी उत्पादनमा अग्रस्थानमा रहेको, केही वडाहरुमा बाख्रापालन प्रभावकारी देखिएको, कृषिको क्षेत्रमा सम्भावनायुक्त रहेको, सबैको सामूहिक पहलमा कृषिमार्फत निराशा हटाउन सकिने उनको भनाई थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार