२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको छ । पालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको उपस्थितिमा संघले छलफलको आयोजना गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वको टोली गाउँपालिका पुगेर छलफल गरेको हो । संघका अध्यक्ष गुप्ताले मकवानपुरगढी गाउँपालिकाका किसान तथा कृषि उद्यमी लाभान्वित हुने अपेक्षासहित कृषि सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा कृषि उपजको समयमै ढुवानी आवश्यक रहेको, किसानले उचित बजार मूल्य नपाएको लगायतका विषय उठान भएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बजार प्रवद्र्धन प्रभावकारी भएमा अर्गानिक कृषि उत्पादनले राम्रो बजार पाउने, मकवानपुरगढीमा खोलाको नजिक माछापालन सहित होमस्टेको सम्भावना रहेकाले लगानीकर्ता जुटेमा पालिकाले सहजिकरण गर्ने बताए ।
कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले आगामी आर्थिक वर्षबाट किसान परिचयपत्र प्रभावकारी रुपमा वितरण गर्ने, किसानको उद्यमलाई साना, मझौला र ठूला गरी वर्गीकरण गरिने जानकारी दिए ।
गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिनले किसान र उपभोक्ता दुवैले न्यायोचित मूल्य नपाएको, सहकारी संस्थाहरुमार्फत किसानका उत्पादन बिक्री गरिरहेको, कोदो, फापर, धान र जुनेलोको न्यूनतम समर्थन मूल्य तोकिनुका साथै किसानलाई प्रतिकिलो उत्पादनमा अनुदान प्रदान गरिरहेको जानकारी दिँदै आगामी वर्षबाट दूध किसानलाई अनुदान वितरण गरिने बताइन् ।
पालिकामा बुढीचौर तरकारी उत्पादनमा अग्रस्थानमा रहेको, केही वडाहरुमा बाख्रापालन प्रभावकारी देखिएको, कृषिको क्षेत्रमा सम्भावनायुक्त रहेको, सबैको सामूहिक पहलमा कृषिमार्फत निराशा हटाउन सकिने उनको भनाई थियो ।
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...
२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...
२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...
२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...
२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
१२ असार, हेटौंडा। हेटौँडामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। पुर्व पश्चिम...
१२ असार, हेटौंडा। हेटौंडा १ का एक युवकलाई भाउजूको हत्या गरेको घटनामा दोषी ठहर गर्दै ३५ वर्ष कैद सजाय सुनाइएको...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...