२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू अनुसार नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतमा झरेको हो ।
यो वृद्धिदर जनगणना शुरु भएको ८० वर्षको इतिहासमा सबैभन्दा कम रहेको जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछाने जानकारी दिए । यस्तै एक जना महिलाले औसतमा बच्चा जन्माउने दर पनि दुई प्रतिशतभन्दा तल झरेको छ । एउटा महिलाले आफ्नो जीवनकालमा औसतमा एक दशमलव ९४ जना बच्चा जन्माउने गरेको देखिएको लामिछानेले बताए ।
जनसंख्याको मापदण्डअनुसार औसतमा एक जना महिलाले दुई दशमलव एक अर्थात् १० जना महिलाले २१ वटा बच्चा जन्माएमा जनसंख्या स्थिर रहन्छ । तर महिलाको प्रजनन दर दुई प्रतिशतभन्दा पनि तल गएको देखिएकाले यो विषयलाई सरकारले समयमै सम्बोधन गर्नुपर्ने निर्देशक लामिछानेले बताए ।
यस्तै देशमा छोरी जन्माउने दर पनि घट्दै गएको देखिएको छ । छोरीहरूको सङ्ख्या घट्दा जन्मदर तीव्र गतिमा घट्दै जाने खतरा हुन्छ । शिशु मृत्युदरमा भने सुधार आएको छ । २०६८ सालको जनगणनामा जीवित जन्मिएका एक हजार जना शिशुमध्येमा पाँच वर्ष नपुग्दै ४० जनाको मृत्यु हुने गरेको थियो । यो सङ्ख्या १७ जनामा झरेको छ ।
यस्तै नेपालको कुल औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको छ । पुरुषको ६८ दशमलव दुई वर्ष र महिलाको ७३ दशमलव आठ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको अन्तर बढ्दै गएको छ । नेपालमा एकल परिवार अर्थात् बाबुआमा र छोराछोरी मात्रै बस्ने परिवारको सङ्ख्या ६० प्रतिशत पुगेको छ ।
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

-1788745767.jpg)















