७ माघ, हेटौँडा । पोखरेली गजलकार दीपक समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका छन् । गजल मञ्च मकवानपुरको आयोजनामा भएको कार्यक्रममा समीपको एकल गजल बाचन भएको हो ।
उनले कार्यक्रममा आफ्ना झण्डै दुई दर्जन गजल सुनाए । गजल मञ्च मकवानपुरको १४० औं गजल यात्राको सन्दर्भमा समीपका दमदार गजलहरु सुनिएका हुन् ।
मकवानपुर बहुमुखी क्याम्पसको हलमा समीपले करिब डेढ घण्टासम्म आफ्ना गजल प्रस्तुती दिइरहँदा हेटौंडेली गजल पारखीहरुले ताली बजाएर उनको प्रशंसा गरेका थिए ।
मञ्चले हरेक महिनाको पहिलो शनिबार गर्दै आएको गजल यात्राको १४० औं शृङ्खलामा पोखरेली गजलकार समीपका गजल सुनाइएको हो ।
कार्यक्रममा साहित्यकार निमेष निखिलले समीपको व्यक्तित्व र कृतित्वको बारेमा बोलेका थिए । गजलमा सरल भाषाको प्रयोग गरी सामाजिक यथार्थताको चित्रण गर्न सक्ने खुबी समीपमा रहेको निखिलको दाबी थियो ।
गजलमञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको अध्यक्षतामा भएको एकल बाचन कार्यक्रममा साहित्यकार ईश्वर कँडेल, गीतकार तुल्सी घिमिरे, आँचल साहित्य कला पञ्जकी अध्यक्ष अप्सरा तिमल्सिना, मञ्चका उपाध्यक्ष सिएम रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...
२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...
२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको...
२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा...
२१ कार्तिक, हेटौंडा । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको...
२१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, कर्णाली...
२० कार्तिक, हेटौंडा । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर...
७ कार्तिक, हेटौंडा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक...
९ कार्तिक, हेटौंडा। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भएको छ।गृह मन्त्रालयले आइतबार...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१० कार्तिक, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ नयाँ बस्ती लच्कामा ग्यास बुलेटको...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१० कार्तिक, हेटौंडा । हेटौंडामा पनि छठ पर्व उल्लासका साथ मनाइएको छ । छठ ब्रतालुहरू अर्घ लिएर हेटौंडाको राप्ती...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर...














-1761633654.jpg)


